होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, पुस ९, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • वीरगञ्ज महानगरमा एमाले र लोसपाबीच तालमेल !
समाचार

वीरगञ्ज महानगरमा एमाले र लोसपाबीच तालमेल !

  • नागरिक रैबार
वीरगञ्ज महानगरमा एमाले र लोसपाबीच तालमेल !

, काठमाडौं । प्रमुख विपक्षी दल नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बीच वीरगञ्ज महानगरपालिकामा तालमेल हुने सम्भावना बढेको छ ।

स्थानीय स्तरमा लगातार भइरहेको दुई दलबीचको छलफलले तालमेल अगाडि बढाउने अनौपचारिक सहमति गरेको हो ।

तर यो अनौपचारिक सहमतिलाई शीर्ष नेताहरुसहितको छलफलबाट टुंग्याइने एक नेता बताउँछन् । ‘लगभग कुरा टुंगिएको छ । तर शीर्ष नेताहरू काठमाडौंमा भएकाले ठोस रुप दिन सकिएको छैन’, ती नेताले भने ।

विज्ञापन

एमाले केन्द्रीय सदस्य एवं पर्सा सहइन्चार्ज अरविन्द सिंह पनि तालमेलबारे छलफल अगाडि बढेको बताउँछन् । ‘चाँडै टुंग्याउने प्रयास भइरहेको छ । अनौपचारिक छलफल त भइरहेकै छ’, उनी भन्छन् । एमालेले वर्तमान मेयर विजय सरावगीलाई मेयरको उम्मेदवार बनाउने निर्णय गरिसकेको छ ।

महानगर कमिटीबाट एकल रुपमा सिफारिस भएका सरावगीको नाम जिल्ला कमिटीले पनि अगाडि बढाएको छ । प्रदेश कमिटीमा पुगेको उनको नाम केन्द्रमा पठाउने तयारी भइरहेको छ । बाँकी उम्मेदवारबारे भने एमालेले कुनै निर्णय गरेको छैन । ‘सम्भावित तालमेलकै लागि नै ठाउँ राखिएको हो’, नेता सिंह भन्छन् ।

जसपा (तत्कालीन संघीय समाजवादी फोरम) का उम्मेदवार बनेर ०७४ को चुनावबाट १९ हजार ३९३ मत ल्याउँदै सरावगीले मेयर जितेका थिए । गएको २८ फागुनमा पार्टी प्रवेश गरेका सरावगीलाई नै एमालेले अगाडि बढाएको छ ।

नेताहरुका अनुसार, लोसपालाई उपमेयरको उम्मेदवार दिन एमाले तयार भइसकेको छ । त्यसमा लोसपा नेतृत्व सहमत भए वीरगञ्ज महानगरमा तालमेल हुनेछ ।

तर ०७४ को मत परिणाम हेर्ने हो भने लोसपा एमाले भन्दा ठूलो दल हो । यस चुनावमा लोसपा (तत्कालीन राष्ट्रिय जनता पार्टी) ले वीरगञ्ज महानगरमा जसपा (तत्कालिन संघीय समाजवादी फोरम) पहिलो र नेपाली कांग्रेसपछि धेरै मत ल्याएको थियो ।

तत्कालिन राजपाबाट उम्मेदवार बनेका राजेशमान सिंहले १२ हजार १६५ मत ल्याएका थिए । यसपटक राजेशमान पनि लोसपामा छैनन् । उनी जनता समाजवादी पार्टी प्रवेश गरिसकेका छन् । सत्तारुढ दलहरुले तालमेलको भागवण्डा गर्दा वीरगञ्जको नेतृत्व जसपाले पाउने निर्णय गरिसकेका छन् ।

०७४ को निर्वाचनमा वीरगञ्ज महानगरमा एमालेका उम्मेदवार बसरुद्धिन अन्सारीले आठ हजार ६८८ मत ल्याएका थिए । मेयर जितेका तत्कालिन संघीय फोरमका उम्मेदवार सराबगीले १९ हजार ३९३ र कांग्रेस उम्मेदवार अजय द्विवेदीले १७ हजार १९७ र माओवादी केन्द्रका उम्मेदवार रहबर अन्सारीले ८ हजार ३०५ पाएका थिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार