होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, भदौ १७, २०८२
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • खप्तड छेडेदहका जनप्रतिनिधिले गरे दृष्टि फाउण्डेशनलाई सहयोग
Breaking News

खप्तड छेडेदहका जनप्रतिनिधिले गरे दृष्टि फाउण्डेशनलाई सहयोग

  • नागरिक रैबार
खप्तड छेडेदहका जनप्रतिनिधिले गरे दृष्टि फाउण्डेशनलाई सहयोग

नागरिक रैबार/बाजुरा २ भाद्र। बाजुराको खप्तड छेडेदह गाउँपालिकाका जनप्रतिनिधिहरूले कैलालीको धनगढीमा रहेको दृष्टि फाउण्डेशसनलाई आर्थिक सहयोग गरेका छन् । फाउण्डेनशनमै पुगेर गाउँपालिका वडा नम्बर १ का अध्यक्ष वीरबहादुर रावल, वडा नम्बर २ का वडा अध्यक्ष भक्तबहादुर बुढा र वडा नम्बर ३ का वडा अध्यक्ष विर्कबहादुर रावतले संयुक्त रूपमा आर्थिक सहयोग गरेका हुन् ।

उनीहरूले ८ हजार रुपैयाँ फाउण्डेशनका व्यवस्थापक चन्दा तिरुवालाई संयुक्त रूपमा बुधबार हस्तान्तरण गरेका हुन् । हस्तान्तरण कार्यक्रममा वडा नम्बर एकका वडा सदस्य बहादुर रोकाया, र बाजुरा वडीमालिकाको पूर्व उपमेयर कविता विष्ट, शिक्षक एवं समाजसेवी टेकबहादुर रोकायाको पनि सहभागिता रहेको थियो । उनीहरूले फाउण्डेशनलाई आफ्नो सहयोग रहने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

गाउँपालिका वडा नम्बर १ लुगेनाको ओडारमा बस्दै आएकी जलुदेवी बुढालाई साथमा ल्याएर उनीहरू धनगढी पुगेका थिए । सामाजिक अभियन्ता यशोदा भट्ट ‘चोखाल’ र दृष्टि फाउण्डेशनकी सञ्चालक कल्पना भट्टको अग्रसरता तथा वडा अध्यक्ष रावलको पहलमा गत शुक्रबार बुढाको उद्धार गरिएको थियो ।

विज्ञापन

जलुदेवी वडा अध्यक्ष रावलकै जिम्मामा
स्थानीय भाने बुढाकी कान्छी श्रीमती जलुदेवी गम्भीर बिरामी भएपछि घर नजिकै रहेको ओडार तथा जङ्गलमा बस्दै आएकी थिइन् । ‘भाने बुढाले जेठी श्रीमतीबाट छोरी मात्रै भएपछि जलुसँग बिहे गरेका थिए,’ वडा अध्यक्ष रावलले भने, ‘जलुदेवीले तीन छोरालाई जन्मदिएपछि अहिले पारिवारिक कलह रहेछ । यही तनावले गर्दा गम्भीर बिरामी परेको बुझिएको छ ।’

उद्धार गरिएकी जलुदेवीबारे अनावश्यक प्रचार गर्न खोजिएको उनको भनाई छ । ‘हामी पहिलेदेखि नै उहाँको घर जाने, श्रीमानलाई त्यसो नगर्नुस् भन्ने, सम्झाउने गर्दै आएकी थियौँ । १५र२० दिनको फरकमा गएर सम्झाउने गरेकै हो तर, मान्नु भएन,’ वडा अध्यक्ष रावलले भने, ‘म काठमाडौँ थिएँ, हामीले भनेको नमान्ने भएपछि प्रहरीको सहयोगमा उहाँलाई उद्धार गरेर वडा कार्यालय ल्याएका हौँ ।’

आफूले विकट क्षेत्रमा रहेर पनि उद्धार गरिसकेपछि पालिका अध्यक्षले अर्के निर्देशन दिएको भन्ने सुन्दा दुःख लागेको वडा अध्यक्ष रावलको गुनासो छ । ‘पीडितको उपचार गर्नु सबैको दायित्व हो, मैले पनि उहाँको हात समातेर ल्याएको होइन, वडा सदस्य, प्रहरीलाई भनेर ल्याएका हुन् । आफूले जत्ति गरेको हो त्यति नै भन्नुपर्छ,’ रावलले अगाडि भने, ‘गाउँपालिका अध्यक्ष अहिलेसम्म हाम्रो सम्पर्कमै हुनुहुन्न, मान्छे कहाँ पुग्यो केही थाहा छैन, पालिका अध्यक्षले उद्धार गर्नुभयो, लत्ताकपडा दिनुभयो, भन्ने गलत प्रचार गरेर पीडितलाई भ्रममा राख्नु हुँदैन ।’

जलुदेवी अहिले आफ्नै जिम्मामा रहेको वडा अध्यक्ष रावलले बताए । ‘आमा (जलुदेवी) र दुई छोरा अहिले मेरै जिम्मामा छन्,’ रावलले भने, ‘छोरालाई स्कुल पठाउने तयारी भएको छ भने आमा (जलु)लाई सम्भव भए संस्थाको जिम्मा लगाउँछौँ, नभए वडा कार्यालयमै व्यवस्थित तरिकाले राख्नेबारे सोचिरहेका छौँ ।’

वडा सदस्य बहादुर रोकायाले निकै दुःख गरेर काँडादेखि धनगढी ल्याएको सुनाए । उनले एक दिन पैदल हिँडेर बससम्म पुर्‍याउँदा पीडितको सबै स्याहार गरेको बताउँदै उद्धारमा सहयोग गर्ने सबैलाई धन्यवाद दिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार