धनगढीः धनगढी उपमहानगरपालिका वडा नम्बर–१८ को कार्यालयमा तालाबन्दी गरिएको छ। बिहीबार वडा कार्यालयमा ताला लगाइएको हो।ज्यालादारीमा कार्यरत कर्मचारी, स्थानीय र नेपाली कांग्रेस, माओवादी र राप्रपाका कार्यकर्ताहरुले कार्यालयमा ताला लगाएको सचिव बलदेब ओझाले जानकारी दिए। वडा कार्यालयमा कार्यरत ज्यालादारी कर्मचारीलाई निकालेको भन्दै तालाबन्दी गरिएको उनले बताए।
कार्यालयमा कार्यरत ज्यालादारी कर्मचारी रामप्रसाद चौधरी र सहवीर खड्कालाई साउन १ गतेबाट हटाएर अरु कर्मचारी राखेको तालाबन्दी गर्ने पक्षको आरोप छ। तर, वडाअध्यक्ष भुवन रिजालले भने नगरसभाको निर्णयले नै ज्यालादारी कर्मचारीलाई हाजिर गर्न नदिइएको जनाएका छन्।
फेसबुक प्रतिक्रियाहरु