होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, अशोज १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • भारतमा फेरि बढ्यो कोरोना संक्रमण, एकैदिन २१४ जनाको मृत्यु
समाचार

भारतमा फेरि बढ्यो कोरोना संक्रमण, एकैदिन २१४ जनाको मृत्यु

  • नागरिक रैबार
भारतमा फेरि बढ्यो कोरोना संक्रमण, एकैदिन २१४ जनाको मृत्यु

नयाँ दिल्ली: भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या झण्डै ९० प्रतिशतले बृद्धि भएको छ। कोरोनाभाइरसको नयाँ भेरियन्टको रुपमा रहेको ओमिक्रोनको सङ्क्रमण पछिल्लो केही दिनदेखि फेरि बढ्न थालेको छ। सोमबार दिइएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा २,१८३ जना सङ्क्रमित भएका छन्। उक्त अवधिमा थप २१४ जनाको कोभिड–१९का कारण मृत्यु भएको तथ्याङ्कले देखाउँछ।

त्यसैगरी पछिल्लो एक दिनमा एक हजार ९८५ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन्। संघीय स्वास्थ्य मन्त्रालयले भारतमा अहिले ११ हजार ५४२ जना सक्रिय सङ्क्रमितहरु रहेका छन्। भारतमा अहिलेसम्म कोरोना भाइरसबाट सङ्क्रमित भएर सङ्क्रमणमुक्त भइसकेकाहरुको सङ्ख्या चार करोड २५ लाख १० हजार ७७३ पुगेको छ।

कुल सङ्क्रमित मध्ये ९८.७६ प्रतिशत सङ्क्रमणमुक्त भएका छन्। मन्त्रालयका अनुसार भारतमा अहिलेसम्म पाँच लाख २१ हजार ९६५ जनाको कोरोनाका कारण मृत्यु भएको छ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार