होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, अशोज २६, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • एमालेसँग परिवार दलले माग्यो २१ पालिका प्रमुख
समाचार

एमालेसँग परिवार दलले माग्यो २१ पालिका प्रमुख

  • नागरिक रैबार
एमालेसँग परिवार दलले माग्यो २१ पालिका प्रमुख

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग चुनावी तालमेल गरेको नेपाल परिवार दलले २१ पालिकाको प्रमुखको उम्मेदवारी आफ्नो दलले पाउनुपर्ने दाबी गरेको छ ।

परिवार दलका महामन्त्री सन्तोष पौडेलले २१ पालिकामा परिवार दलको बलियो संगठन रहेको दावी गरे । ‘जहाँ परिवार दल बलियो छ, त्यहाँ हामीले उम्मेदवारी दिन्छौं’, उनले भने, ‘जहाँ एमाले बलियो छ, त्यहाँ हामीले एमालेलाई सहयोग गर्छौं ।’

पूर्वपश्चिम राजमार्गसँग जोडिएका तराइका जिल्लामा आफ्नो संगठन रहेको दाबी गर्दै पौडलले बताए । उनले अनलाइनखरबसँग भने, ‘२१ ठाउँमा पालिका प्रमुखमा कुरा भएको छ । परिवार दलबाट प्राप्त लिस्टहरु हेरेर निर्णय गर्ने एमालेले जानकारी गराएको छ ।’

विज्ञापन

अघिल्लो स्थानीय तहको निर्वाचनमा परिवार दलले मुगुको एक वडा सदस्यमा जित निकालेको थियो । यसपटक भने वडा तहको बाँडफाँट जिल्ला तहमै टुंगिने पौडेलले बताए ।

गत निर्वाचनमा पनि यी दुई दलबीच एउटै चुनावमा प्रतिस्पर्धा गर्ने सहमति गरेका थिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार