होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, अशोज १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • गगन थापा भन्छन्– कांग्रेस कार्यकर्ता तालमेलको पक्षमा छैनन्
समाचार

गगन थापा भन्छन्– कांग्रेस कार्यकर्ता तालमेलको पक्षमा छैनन्

  • नागरिक रैबार
गगन थापा भन्छन्– कांग्रेस कार्यकर्ता तालमेलको पक्षमा छैनन्

धनगढीः नेपाली कांग्रेसका महामन्त्री गगन थापाले स्थानीय तहको निर्वाचनमा कांग्रेसका कार्यकर्ता पनि तालमेलको पक्षमा नरहेको बताएका छन्। कांग्रेस क्षेत्र नंं ४ प्रदेश (क) क्षेत्रीय कार्यसमितिले सोमबार काठमाडौंमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा महामन्त्री थापाले निर्वाचनमा तालमेल गर्न नहुने विषय आफूले पहिलेदेखि नै उठाउँदै आएको र कांग्रेस कार्यकर्ता पनि तालमेलको पक्षमा नरहेको बताएका हुन्।

उनले आफूले पछिल्ला दिनमा ५० भन्दा बढी जिल्लाका कांग्रेस नेता कार्यकर्तासँग रायसुझाव लिँदा तालमेल गर्न नहुने कुरा आएको जिकिर गरे। थापाले जित्नकै लागि भनेर तालमेल गर्नु ठिक नहुने बताए। मतदाता र कार्यकर्ताको भावनाविपरित जबरजस्ती गर्न थाले निर्वाचनको परिणाम फरक हुन सक्ने उनको भनाइ छ।

थापाले पार्टी नेतृत्वले सवै नेता, कार्यकर्ता र मतदाताको चाहनाअनुरुप आवश्यक निर्णय लिनुपर्ने बताए।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार