होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, साउन ५, २०८२
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • कास्कीमा सत्ता गठबन्धनको बैठक फेरि पनि निष्कर्षविहीन
देश/प्रदेश

कास्कीमा सत्ता गठबन्धनको बैठक फेरि पनि निष्कर्षविहीन

  • नागरिक रैबार
कास्कीमा सत्ता गठबन्धनको बैठक फेरि पनि निष्कर्षविहीन

पोखरा । कास्कीका स्थानीय तहहरुमा सिट बाँडफाँट लगायतका विषयमा छलफल गर्न आज बसेको सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन भएको छ । जनता समाजवादी पार्टी (जसपा) ले सम्मानजनक सिट बाँडफाँट नभएको भन्दै विरोध जनाएपछि आज बिहानको बैठक निष्कर्षमा पुग्न नसकेको हो । हिजोको बैठक पनि निष्कर्षविहीन भएको थियो ।

जसपा केन्द्रीय सदस्य एवम् गण्डकी प्रदेश उपाध्यक्ष आमोद थापाले आजको बैठकमा कुनै सहमति नभएकाले दिउँसो एक बजे फेरि बैठक बस्ने बताए ।सम्मानजनक प्रस्ताव नआए एकल रुपमा चुनाव लड्ने जसपाले जनाएको छ ।

जसपाले पोखरा महानगरपालिकामा उपमेयरमा दाबी गरेको छ । यसैगरी अन्नपूर्ण गाउँपालिका अध्यक्ष पदमा दाबी गर्दै नवराज पौडेललाई उम्मेदवार तोकिसकेको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाचार
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • ५४ मिनेट अगाडि

भर्खरै