होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, अशोज १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • एमसीसीको विषयमा हिंसा भड्काउने विचार स्वीकार्य हुँदैन: अमेरिकी राजदूत
समाचार

एमसीसीको विषयमा हिंसा भड्काउने विचार स्वीकार्य हुँदैन: अमेरिकी राजदूत

  • नागरिक रैबार
एमसीसीको विषयमा हिंसा भड्काउने विचार स्वीकार्य हुँदैन: अमेरिकी राजदूत

काठमाडौँ — नेपालका लागि अमेरिकी राजदूत र्‍याडी बेरीले एमसीसीको विषयलाई लिएर हिंसा हुने वा हिंसा भड्काउने किसिमका विचारहरू आफूहरूलाई स्वीकार्य नहुने बताएका छन् । सामाजिक सञ्जाल ट्वीटरमा दूतावासको आधिकारिक अकाउन्टबाट ट्वीट गर्दै राजदूत बेरीले लोकतन्त्रमा शान्तिपूर्वक आफ्नो विचार राख्ने छुट सबैलाई भएपनि हिंसा भड्काउने विचारहरु भने स्वीकार्य नहुने बताएका हुन् ।

‘हामी वाक स्वतन्त्रता र तथ्यमा आधारित खुला बहसको बलियो समर्थक हौं । एमसीसीको विषयमा पनि हाम्रो धारणा त्यही हो,’ सामाजिक सञ्जालमा भनिएको छ, ‘आफ्नो विचार व्यक्त गर्न पाउनु लोकतन्त्रको अन्तरनिहित विषयवस्तु हो र सबैलाई आफ्नो धारणा शान्तिपूर्वक राख्न छुट हुनुपर्छ । तर हिंसा या हिंसा भड्काउने किसिमका विचारहरू स्वीकार्य हुँदैनन् ।’

https://twitter.com/USAmbNepal?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1494614889297375235%7Ctwgr%5E%7Ctwcon%5Es1_&ref_url=https%3A%2F%2Fekantipur.com%2Fnews%2F2022%2F02%2F18%2F164518237578391687.html%3Ffbclid%3DIwAR2hjivpgLsHwXJ7ZF0CNT0v6b0hX-fbDltp5T0_qd8Sh2ETTtAu8OOx2a0

विज्ञापन

https://www.facebook.com/nepal.usembassy?fref=nf

गत बुधबार तथा आज शुक्रबार एमसीसी समझौता संघीय संसदमा पेश हुनसक्ने भन्दै सत्तारुढ माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायत अन्य दल तथा तिनका कार्यकर्ताले नयाँ बानेश्वर संसद भवन अगाडि प्रदर्शन गरेका थिए । बुधबार गरिएको प्रदर्शनलाई नियन्त्रणमा लिन ठूलो बल प्रयोग गर्नु परेको थियो भने शुक्रबारको प्रदर्शनमा दलका समर्थकहरुले टायर नै बालेर नाराबाजी गरेका थिए । यसक्रममा प्रहरीले प्रदर्शनलाई भड्किन नदिन एक सेल अश्रुग्यास समेत प्रहार गरेको थियो ।

विगत केही दिन यता सरकार एमसीसी सम्झौतालाई संसदमा पेश गर्न कसरत गरिरहेको छ भने गठबन्धनमै रहेका दलहरूको विमतीका कारण त्यसमा सफल भने हुन सकिरहेको छैन ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार