होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, अशोज १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • गाउँपालिका अध्यक्ष पुत्रीको घोषणाः गरिबको सूचीमा रहन इच्छुक छैन
समाचार

गाउँपालिका अध्यक्ष पुत्रीको घोषणाः गरिबको सूचीमा रहन इच्छुक छैन

  • नागरिक रैबार
गाउँपालिका अध्यक्ष पुत्रीको घोषणाः गरिबको सूचीमा रहन इच्छुक छैन

धनगढीः दार्चुलामा गाउँपालिका अध्यक्षकी छोरीले आफ्नो नाम गरिबको सूचीबाट हटाउन माग गरेकी छन्। काँग्रेस दार्चुलाका सचिवसमेत रहेका दुहुँ गाउँपालिकाका अध्यक्ष पुलेन्द्रबहादुर कार्कीकी २७ वर्षीया छोरी सावित्री कार्कीको गरिबको सूचीबाट नाम हटाउन माग गरेकी हुन्।

दुहुँकै हिकिलामा रहेको स्वास्थ्य केन्द्रमा अनमीको रुपमा कार्यरत सावित्रीले आफ्नो नाम गरिबको सूचीबाट हटाउन फाराम भरेको बताइन्। उनले निबेदनमा गरिबको सूचीमा नाम परेकोमा उक्त सूचीमा रहन इच्छुक नभएको व्योहोरासहित आफू र आफ्नो परिवारको नाम हटाउन घोषणा गरेकी छन्। स्रोतका अनुसार सञ्चारमाध्यमहरुमा समाचार आएपछि उनले यस्तो माग गरेकी हुन्। परिवार पहिचान सर्वेक्षणमा आधारित गरिब घर परिवारको सूचीमा उनको नाम थियो।

उनको नाम ‘सामान्य गरिब’मा समेटिएको थियो। सावित्री अध्यक्ष कार्कीकी विवाहित छोरी हुन्। उनी र उनका श्रीमान दुबैजना जागिरे छन्। उनका श्रीमान सशस्त्र प्रहरीका हवल्दार हुन्। उनी दार्चुलाको खलंगास्थित गणका घुमुवा छन्। कार्की दम्पत्तीको आर्थिक अवस्था राम्रै रहेको बताइएको छ।

विज्ञापन

प्राविधिक समस्याले यस्तो भएको हुनसक्ने भन्दै सूची संसोधनको प्रकृयामा रहेको जनाइएको छ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार