होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, असार १२, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • टी-२० विश्वकप छनोटमा नेपालको विजयी सुरुआत
समाचार

टी-२० विश्वकप छनोटमा नेपालको विजयी सुरुआत

  • नागरिक रैबार
टी-२० विश्वकप छनोटमा नेपालको विजयी सुरुआत

काठमाडौँ — ओमानमा भएको टी–२० विश्वकप छनोटमा नेपालले ओमानलाई ३९ रनले हराउँदै विजयी शुरुआत गरेको छ । मस्टकस्थित अल अमरेतमा शुक्रबार भएको खेलमा नेपालको १ सय १८ रनको लक्ष्य पछ्याएको ओमानले १७ ओभरमा अल आउट हुँदै ७८ रन मात्रै बनाउन सफल भयो ।

नेपालका लागि कमलसिंह ऐरीले ३ विकेट लिए । त्यसैगरी सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरीले २/२ तथा जितेन्द्र मुखिया,आविनाष बोहोराले एक/एक विकेट लिएका थिए ।

ओमानका लागि नसिम खुशीले सबैभन्दा धेरै २४ रन बनाएका थिए । खुशीलाई लामिछानेले आउट गरेका थिए । बोल्ड हुनुअघि उनले २ छक्का र एक चौका प्रहार गरेका थिए ।

विज्ञापन

नपालले ओमानविरुद्ध टस हारेर पहिलो ब्याटिङ गर्दै २० ओभरमा ८ विकेट गुमाएर केवल १ सय १७ रन बनाउन सकेको थियो । नेपालको तर्फबाट मध्यक्रममा ब्याटिङ गर्न आएका आरिफ सेखले ३७ बलमा ३८ रन बनाएपछि ओमानविरुद्ध ११८ रनको लक्ष्य प्रस्तुत गर्न सफल भएको थियो । नेपालका लागि ज्ञानेन्द्र मल्लले १५, लामिछाने र लोकेश बमले १६-१६ रन बनाएका थिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै