नागरिक रैबार/बाजुरा ६ फागुन। नेकपा एमाले जिल्ला कमिटी बाजुराको दोस्रो पूर्ण बैठक कोल्टीमा सम्पन्न भएको छ । सातौं जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व गठन भईसकेपछि कोल्टीमा पहिलो पटक आयोजना गरिएको एमालेको दोस्रो पूर्ण बैठकले पार्टीको यस अघि बसेको पदाधिकारीको बैठकबाट गठन गरिएका विभागहरूकाे अनुमाेदन गर्ने निर्णय गरेकाे प्रचारविभाग प्रमुख काँशी विकले बताएका छन् ।
त्यस्तै बैठकले टोल टोलमा संगठन ,घर घरमा एमालेजन अभियानलाई अगाडि बढाउने एमाले बाजुराले जनाएको छ ।
यस अघि पार्टी पदाधिकारीको मार्तडीमा बसेको बैठकले पार्टीको दोस्रो पूर्ण बैठक जिल्ला सदरमुकाम मार्तडी बाहिर गर्ने र पहिलो पटक कोल्टीमा गर्ने निणर्य गरेको थियो । पार्टी पदाधिकारीको बैठकले गरेको निणर्य अनुसार विहिबार कोल्टीमा बैठक बसेको थियाे ।
एमालेका जिल्ला कमिटी अध्यक्ष कालीबहादुर शाहीको अध्यक्षतामा संचालन भएको दोस्रो बैठकको प्रमुख अतिथि नेकपा एमाले केन्द्रीय सदस्य तथा बाजुरा जिल्ला इन्चार्ज लालबहादुर थापा रहेका थिए भने विशिष्ट अतिथि एमालेका केन्द्रिय सदस्य सहदेव बोगटी रहेका थिए । बैठककाे संचालन पार्टी सचिव भरत थापाले गरेका हुन् ।
फेसबुक प्रतिक्रियाहरु