होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, साउन १०, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • एमालेले जिसस बाजुरामा सिफारिस गरेका पदाधिकारी यि हुन्
समाचार

एमालेले जिसस बाजुरामा सिफारिस गरेका पदाधिकारी यि हुन्

  • नागरिक रैबार
एमालेले जिसस बाजुरामा सिफारिस गरेका पदाधिकारी यि हुन्

नागरिक रैबार/बाजुरा १ साउन। नेकपा एमाले जिल्ला कमिटी बाजुराले जिल्ला समन्वय समितिको प्रमुखमा तुलसीराम रोकाया र उपप्रमुखमा लाछु सार्कीलाई सिफारिस गरेको छ ।

सदरमुकाम मार्तडीमा बसेको एमाले जिल्ला कमिटीको ५ औं बैठकले जिससको प्रमुख रोकाया र उपप्रमुखमा सार्कीलाई सिफारिस गरेको हो ।

जिसस प्रमुखमा सिफारिस भएका रोकाया हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा गौमुल गाउँपालिका वडा नम्बर ६ मा ५ सय १७ मत ल्याएर वडा सदस्यमा विजयी भएका थिए । भने उपप्रमुखमा सिफारिस भएकि सार्की जगन्नाथ गाउँपालिका ६ मा ४६८ मत ल्याएर खुला सदस्यमा निर्वाचित भएकि थिईन् । प्रमुखमा सिफारिस भएका रोकाया नेकपा एमालेको जिल्ला कमिटी सचिवालय सदस्य हुन् ।

विज्ञापन

त्यस्तै बैठकले समन्वय समितिको सदस्यका लागि अन्य सदस्यहरुपनि सिफारिस गरेको छ । जसमा बुढीगंगा ६ का हिक्मत बहादुर थापा, बुढीनन्दा ६ का मनराज भण्डारी, स्वामिकार्तिक ५ का लालबहादुर महतारा, महिला सदस्यमा खप्तड क्षेडेदह कल्चुदेवी रावत, हिमाली २ बाट कल्धरा बुढा, बडीमालिका ५ बाट लक्ष्मी बुढा साउँद र दलित सदस्यमा त्रिवेणीबाट रम्भा देवि विकलाई सिफारिस गरेको नेकपा एमाले जिल्ला कमिटी बाजुराले बताएको छ ।

स्थानीय तह निर्वाचन २०७९ मा नेकपा एमालेले ६ पालिका बडीमालिका, बुढीनन्दा, बुढीगंगा नगरपालिका र गाउँपालिका तर्फ गौमुल, खप्तड क्षेडेदह र जगन्नाथ गाउँपालिका जितेर जिल्ला समन्वय समितिको नेतृत्व लिन सफल भएको छ । ०७४ को निर्वाचनमा भने ६ पालिकामा जितेर नेपाली काँग्रेसले जिल्ला समन्वय समितिको समेत नेतृत्व गरेको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाचार
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • ५ दिन अगाडि

भर्खरै