होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, पुस २४, २०८१
जोडिनुहोस
  • होमपेज
  • अर्थ
  • भारतबाट घटेर आयो डिजेल र पेट्रोलको मूल्य, बिक्री मूल्य नघट्ने
अर्थ

भारतबाट घटेर आयो डिजेल र पेट्रोलको मूल्य, बिक्री मूल्य नघट्ने

  • नागरिक रैबार
भारतबाट घटेर आयो डिजेल र पेट्रोलको मूल्य, बिक्री मूल्य नघट्ने

भारतबाट पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची आएको छ । इण्डियन आयल कर्पोरेशन (आईओसी)ले पठाएको नयाँ मूल्य सूचीअनुसार पेट्रोलको मूल्य साढे १५ रुपैयाँ प्रतिलिटर र डिजेलको मूल्य साढे १६ रुपैयाँ प्रतिलिटर घटेर आएको हो ।

नेपाल आयल निगमका अनुसार आईओसीले प्रत्येक महिनाको १ र १६ तारिखमा पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची पठाउँदै आएको छ । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेर १०० डलर प्रतिब्यारेलमा आइपुगेपछि नयाँ मूल्यसूची घटेर आएको हो । यद्यपि, तत्काल नेपालमा पेट्रोलियम पदार्थको बिक्री मूल्य भने नघट्ने निगमले जनाएको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार