होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, साउन १२, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • नेविसंघले पनि माग्यो गभर्नरको राजीनामा, आज बालुवाटारमा प्रदर्शन गर्दै
समाचार

नेविसंघले पनि माग्यो गभर्नरको राजीनामा, आज बालुवाटारमा प्रदर्शन गर्दै

  • नागरिक रैबार
नेविसंघले पनि माग्यो गभर्नरको राजीनामा, आज बालुवाटारमा प्रदर्शन गर्दै

काठमाडौं । गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग्दै नेपाल विद्यार्थी संघ (नेविसंघ) र अखिल क्रान्तिकारीले संयुक्त रुपमा प्रदर्शन गर्दैछन् । उनीहरुले राष्ट्र बैंकलाई केन्दि्रत गरेर बिहान १० बजे बालुवाटारमा प्रदर्शन गर्न लागेका हुन् ।

यसअघि सत्तारुढ माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले गभर्नरविरुद्ध विरोध प्रदर्शन गर्दै आएकोमा आजदेखि सरकारको नेतृत्वकर्ता दल नेपाली कांग्रेसको विद्यार्थी संगठन पनि विरोधमा उत्रिन लागेको हो ।

नेकपा एमालेको अर्थ तथा योजना विभाग सदस्यमा ‘एम. अधिकारी’को छद्म नामबाट संलग्न रहेको भन्दै र शैक्षिक योग्यतामा समेत प्रश्न उठाउँदै उनीहरुले गभर्नरको राजीनामा मागेका छन् । नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग्दै आज बालुवाटारमा प्रदर्शन गर्न लागेको जानकारी दिए ।

विज्ञापन

गभर्नर नियुक्त हुन एमए उत्तीर्ण हुनुपर्नेमा उनले स्नातकसम्म मात्र अध्ययन गरेको भन्दै शैक्षिक योग्यतामा प्रश्न उठाइएको छ । अधिकारीले भारतबाट सीए उत्तीर्ण गरेको प्रमाणपत्रको आधारमा गभर्नरमा नियुक्त भएको तर भारतमा सीए उत्तीर्णलाई नेपालमा समकक्षता नदिइएकाले उनको शैक्षिक योग्यता नपुग्ने दाबी गरिएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाचार
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • १ हप्ता अगाडि

भर्खरै