होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, असार १७, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • पार्टीको प्रतिष्ठा कमजोर पार्न खोज्ने एमाले नेता कार्यकर्ता हुन सक्दैनन् : केपी ओली
समाचार

पार्टीको प्रतिष्ठा कमजोर पार्न खोज्ने एमाले नेता कार्यकर्ता हुन सक्दैनन् : केपी ओली

  • नागरिक रैबार
पार्टीको प्रतिष्ठा कमजोर पार्न खोज्ने एमाले नेता कार्यकर्ता हुन सक्दैनन् : केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वैचारिक राजनीतिक लडाईं लडिरहेका बेला पार्टीको प्रतिष्ठालाई कमजोर बनाउन खोज्नेहरू एमालेको नेता कार्यकर्ता हुन नसक्ने बताएका छन् । राष्ट्रिय सभागृहमा आयोजित एमाले जनप्रतिनिधिको प्रशिक्षण समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अहिले एमाले तीव्र वैचारिक र राजनीतिक लडाई लडिरहेको बताए । ‘यतिबेला पनि पार्टीप्रति निष्ठा नहुने, बफादार नहुने, पार्टीलाई खुइल्याउने र प्रतिष्ठा कमजोर पार्छ भने त्यो पार्टीको नेता कार्यकर्ता केही पनि होइन’, ओलीको भनाइ छ । उनले एमालेमाथि आक्रमण भइरहेको भन्दै यस्तो बेला पार्टीलाई एकढिक्का र एक तालले हिँडाउनुपर्ने आवश्यकता रहेको बताए ।

‘समाजवादको गन्तव्यमा पुग्न रोक्नेलाई पराजय गर्नुपर्छ । अहिले स्पष्ट भैसक्यो एमालेबाहेक अरु कुनै शक्ति छैन यो अभिभारा पुरा गर्ने’, पूर्व प्रधानमन्त्री समेत रहेका ओलीको भनाइ छ । उनले समाजवाद भन्ने कुरालाई सहज ढंगले बुझ्नुपर्ने पनि बताए ।

‘नेपालमा समाजवाद भनेको सम्मृद्ध नेपाल सुखी नेपाली हो । यसमा पुग्न हामीले सम्पूर्ण प्रयास गरिरहेका छौ । हामीलाई पार्टी किन चाहियो भन्दा समाजवादसम्म पुग्न चाहियो’, ओलीले समाजवादको गन्तव्यमा पुग्न सहि नीति र विचार चाहिने भएकाले ती नीति लिएर अघि बढ्ने संस्था एमालेबाहेक अरु कोही नभएको दावी गरे ।

विज्ञापन

‘हामी यस्तो पार्टी बनाउन चाहन्छौ, पार्टी बनाउनमात्रै होइन, देश बनाउन । यसरी हामी सहि विचार र उद्देश्य बोकेको सहि योजना लक्ष्यसहित अघि बढ्ने अनुशासित पार्टी चलाउन चाहान्छौँ’, ओलीको भनाइ छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै