होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, पुस ९, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बालिका बलात्कारका अभियुक्त जोगाउनेलाई कारबाही गर्न माग
समाचार

बालिका बलात्कारका अभियुक्त जोगाउनेलाई कारबाही गर्न माग

  • नागरिक रैबार
बालिका बलात्कारका अभियुक्त जोगाउनेलाई कारबाही गर्न माग

 काठमाडौं । बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियानले महान्यायाधिवक्ताको कार्यालय बलात्कारका अभियुक्तलाई जोगाउन लागिपरेको भन्दै छानबिन र कारबाहीको माग गरेको छ ।

बलात्कारको मुद्दा हेरिरहेकी जिल्ला अदालत ललितपुरकी सहायक जिल्ला न्यायाधिवक्ता संगीता थोकरले बालिका बलात्कारको मुद्दा कमजोर बनाउनका लागि महान्यायाधिवक्ताको कार्यालयले दबाव दिएको र त्यो दबाव नमानेका कारण आफूलाई सरुवा गरिएको बताएकी थिइन् ।

ललितपुरमा सुशील चटौत जोडिएको बलात्कार मुद्दा हेरिरहेकी थोकरलाई महान्यायाधिवक्ताको कार्यालयले मुख्य न्यायाधिवक्ताको कार्यालय, हेटौंडामा सरुवा गरेको थियो ।

विज्ञापन

‘पीडकलाई उन्मुक्ति दिन, बालिकालाई होस्टाइल गर्न र मुद्दालाई कमजोर बनाउन संलग्न राज्यका निकाय, व्यक्ति र महान्यायाधिवक्ता समेतलाई छानबिनको दायरामा ल्याउन हामी जोडदार माग गर्दछौं’ अभियानले निकालेको विज्ञप्तिमा भनिएको छ, ‘आजैका मितिदेखि पीडित बालिकालाई सरकारले संरक्षणमा लिई भविष्यमा अरु बालबालिकाउपर हुनसक्ने यस्ता घटनामा अभिभावकत्व ग्रहण गर्न सरकार तयार छ भन्ने सन्देश दिन पनि हामी जोडदार माग गर्दछौं ।’

अभियानले यो घटना बालबालिकाको हक, हित र अधिकारको संरक्षण तथा सम्बर्द्धनका लागि नेपालको विश्वव्यापी, अन्तर्राष्ट्रिय तथा राष्ट्रियस्तरमा जनाएको प्रतिबद्धता र संवैधानिक, कानुनी तथा नीतिगत व्यवस्थाको गम्भीर उल्लंघन भएको बताएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार