होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, असार २१, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सेती प्रादेशिक अस्पतालमा भौतिक संरचना र जनशक्ति अभावले उपचार प्रभावित
समाचार

सेती प्रादेशिक अस्पतालमा भौतिक संरचना र जनशक्ति अभावले उपचार प्रभावित

  • नागरिक रैबार
सेती प्रादेशिक अस्पतालमा भौतिक संरचना र जनशक्ति अभावले उपचार प्रभावित

धनगढी: सेती प्रादेशिक अस्पतालमा भौतिक संरचना र जनशक्ति अभावले उपचार सेवा प्रभावित भएको छ। अस्पतालमा विभिन्न विभागबाट उपचार सेवा सञ्चालनमा भए पनि भौतिक पूर्वाधार, चिकित्सक, नर्सिङ जनशक्ति र अन्य आवश्यक कर्मचारीको अभावले उपचार प्रभावित हुने गरेको हो।

भौतिक पूर्वाधारको अभावले सेवा विस्तारमा समस्या भएकोले अस्पतालको स्तरवृद्धि गर्न प्रदेश सरकारलाई आग्रह गरिएको छ। अस्पतालमा बिरामीको संख्या निकै बढेको तर चिकित्सक र स्वास्थ्य जनशक्तिको दरबन्दी संरचना भने पूरानै रहेको प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डाक्टर हेमराज पाण्डेले बताए। ‘सेती प्रादेशिक अस्पतामा भवन र चिकित्सक लगायत स्वास्थ्य जनशक्तिको अभावले उपचार सेवामा समस्या हुने गरेको छ,’ उनले भने, ‘अस्पतालमा जनशक्ति थप गर्न र भवन थप्न सकिए उपचार सेवा प्रदान गर्न सहज हुने थियो।’

सेती प्रादेशिक अस्पतालको प्रसुति उपचार सबैभन्दा पूरानो भवनमा हुने गरेको छ। सबैभन्दा बढी गर्भवती महिला उपचार गर्न अस्पतालमा आउने भए पनि अस्पतालको दरबन्दीमा १ जना मात्रै स्त्री तथा प्रसुति रोग विशेषज्ञ कार्यरत छन् भने थप एक जना काजमा कार्यरत छन्। केही चिकित्सक करारमा नियुक्ति गरेर काममा लगाउँदा जुनसुकै समयमा अस्पताल छोडेर जाने समस्या हुने गरेको बताइएको छ।

विज्ञापन

अस्पतालमा विशेषज्ञ डाक्टरसहित नर्सिङ जनशक्तिको अभाव हुँदा उपचार सेवामा समस्या हुने गरेको बरिष्ठ प्रसुति रोग विशेषज्ञ डाक्टर खगेन्द्र भट्टले बताए। ‘सेती प्रादेशिक अस्पतालको प्रसुति उपचार भवन निकै पूरानो र जीर्ण छ,’ उनले भने, ‘चिकित्सक र नर्सिङ कर्मचारीको अभावले पनि प्रसुति सेवा प्रभावित हुने गरेको छ।’

जनशक्ति अभावले सेवा प्रवाहमा समस्या भइरहेकोले सरकारले जनशक्ति व्यवस्थापनमा ध्यान दिनुपर्ने वरिष्ठ नाक कान घाटी रोग विशेषज्ञ डाक्टर अशोक श्रीपाईलीले बताए। ‘हामी उपचार सेवाको विस्तारका हिसाबले टर्सरी लेभलको उपचार प्रदान गरिरहेका छौँ,’ उनले भने, ‘जनशक्ति र भौतिक क्षमता वृद्धि नगरी काम गर भन्नु भनेको त सानो ज्यानलाई ठुलो भारी बोक्न दिए जस्तो भयो नि।’

बिहीबार सामाजिक विकासमन्त्री गोविन्दराज बोहरालाई अस्पताल व्यवस्थापन समितिले अस्पतालमै बोलाएर समस्याबारे अवगत गराएको थियो। सेती प्रादेशिक अस्पतालका सबै विभाग प्रमुखले समस्या र समाधानका उपाय बताएका थिए। सेती प्रादेशिक अस्पतालको स्तर वृद्धि गर्न कुनै कसर बाँकी नराख्ने सामाजिक विकास मन्त्री गोविन्दराज बोहराले बताए। ‘सेती प्रादेशिक अस्पतालको क्षमता विस्तार गर्न विभागीय मन्त्रीको हैसियतले मैले पूरा काम गर्ने छु,’ उनले भने, ‘सेतीमा भवन निर्माण गर्न, उपकरण र जनशक्ति व्यवस्थापन गर्न जे गर्नुपर्छ त्यो गर्न म तयार छु।’

सेती प्रादेशिक अस्पताल, महाकाली प्रादेशिक अस्पताल र टीकापुर अस्पताल मिलाएर स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालन गर्ने सरकारको तयारी भए पनि अहिले भने अस्पतालमा बढ्दो बिरामीको चाप तथा चिकित्सक र भवन अभावले उपचार सेवा प्रभावित हुने गरेको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार