होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, साउन १७, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सुदूरपश्चिमको बजेटमा रजगज : मन्त्री र पहुँचवाला नेताको क्षेत्रमा ओइरो
समाचार

सुदूरपश्चिमको बजेटमा रजगज : मन्त्री र पहुँचवाला नेताको क्षेत्रमा ओइरो

  • नागरिक रैबार
सुदूरपश्चिमको बजेटमा रजगज : मन्त्री र पहुँचवाला नेताको क्षेत्रमा ओइरो

धनगढीः सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्री प्रकाश रावलले बुधबार आर्थिक वर्ष २०७९/०८० का लागि प्रदेश सभामा बजेट प्रस्तुत गरे। मन्त्री रावलले ३६ अर्ब ७४ करोड ६४ लाख ६५ हजार बजेट प्रस्तुत गरेका हुन्। प्रदेशको पहिलो सरकारको अन्तिम बजेट मन्त्रीको निर्वाचन क्षेत्रमा केन्द्रित भएको आरोप लागेको छ।

पहुँच तथा शक्तिमा रहेका मन्त्रीहरुले आ–आफ्नो क्षेत्रमा बजेटको ओइरो लगाएको सुदूरपश्चिमका पूर्वअर्थमन्त्री झपटबहादुर बोहराको आरोप छ। उनले प्रदेश सरकारका मन्त्रीहरुले आफू अनुकुलको बजेट ल्याएको बताए। पूर्वमन्त्री बोहराले भने, ‘प्रतिपक्षलाई बजेटमा समेटिएको छैन। सत्ता पक्षका केही मन्त्रीको शक्तिमा बजेट आएको छ।’

सुदूरपश्चिम प्रदेश सरकारले कुल बजेटको झण्डै आधा बजेट भौतिक पूर्वाधार निर्माणका लागि विनियोजन गरेको छ। तर अधिकांश योजना भने टुक्रे छन्। यसले प्रदेश सरकारको बजेट चुनाव लक्षित र कार्यकर्ता पोस्न केन्द्रित हुने आशंका गरिएको छ।

विज्ञापन

प्रदेश सरकारले कृषि र पर्यटन क्षेत्रको बजेट कटौति गरेको छ। मन्त्रीका निर्वाचन क्षेत्रहरुका भौतिक संरचना निर्माणमा पहिलो प्रदेश सरकारको अन्तिम बजेट केन्द्रित भएको नेकपा एमालेका प्रमुख सचेतक लिलाधर भट्टले बताए।

सुदूरपश्चिम प्रदेश सरकारको छैठौं बजेट निर्वाचन केन्द्रित भएको आरोप पनि उनको छ। यस्तै खेल क्षेत्रलाई पनि प्राथमिकतामा नराखेको आरोप लागेको छ। प्रदेश सांसदको तजवीजमा खर्च हुँदै आएको पूर्वाधार विकास कार्यक्रम भने प्रदेश सरकारले खारेज गरेको छ।

आर्थिक मामिलामन्त्री प्रकाश रावलले भने प्रदेश सरकारले सन्तुलन बजेट ल्याएको बताए। चालु आर्थिक वर्षमा पनि शक्तिको आडमा योजना छनोट र कार्यान्वय भइरहेका छन्। योजना कार्यान्वयनमा कमिसन पनि मन्त्रीसम्म नै पग्ने गरेको आरोप लाग्दै आएको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाचार
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • २ हप्ता अगाडि