होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, असार १२, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • स्थानीय तहको निर्वाचनमा कुनैपनि दलसँग तालमेल हुदैन : अध्यक्ष लिङ्देन
समाचार

स्थानीय तहको निर्वाचनमा कुनैपनि दलसँग तालमेल हुदैन : अध्यक्ष लिङ्देन

  • नागरिक रैबार
स्थानीय तहको निर्वाचनमा कुनैपनि दलसँग तालमेल हुदैन : अध्यक्ष लिङ्देन

जनकपुरधाम । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले स्थानीय तहको निर्वाचनमा कुनैपनि दलसँग तालमेल नहुने स्पष्ट पारेका छन् । आइतबार जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष लिङ्देनले राप्रपा आफ्नै बलबुतामा स्थानीह तह निर्वाचनमा जनताबीच जाने र चूनावी तालमेल नहुने स्पष्ट पारेका हुन् ।

अगाामी निर्वाचनमा पार्टीले अधिकांश स्थानमा जीत हासिल गर्ने उनले दाबी गरे । त्यस्तै लिङ्देनले राप्रपाले मौका पाउने वित्तिकै नेपालमा राजसंस्था ल्याउने र हिन्दू राष्ट्र समेत घोषणा गर्ने उनले बताए ।

नयाँ सम्झौता अन्तर्गत राष्ट्रप्रमुख वा अभिभावकीय संस्थाको रुपमा राजसंस्था रहने र जनताबाट निर्वाचित जनप्रतिनिधिले देशको शासन व्यवस्था चलाउने नीति राप्रपाको रहेको उनको भनाइ छ ।

विज्ञापन

धनुषाको विरन्द्रबजारमा पार्टी प्रवेश एवम स्थानीय तह निर्वाचन केन्द्रित कार्यक्रमलाई सम्बोधन कार्यक्रममा सहभागी हुन अध्यक्ष लिङ्देन र पार्टीकी केन्द्रीय सदस्य एवम् नायिका रेखा थापा जनकपुर आएकी थिइन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै