होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, बैशाख २३, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • चितुवाको छालासहित चार जना पक्राउ
समाचार

चितुवाको छालासहित चार जना पक्राउ

  • नागरिक रैबार
चितुवाको छालासहित चार जना पक्राउ

काठमाडौंको बुढानीलकण्ठबाट दुई वटा चितुवाको छालासहित चार जना पक्राउ परेका छन्।बुढानीलकण्ठ नगरपालिका-८ गल्फुटार र काठमाडौं महानगरपालिका-३ को सीमानाबाट चार जनालाई छालासहित पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता दिनेशराज मैनालीले जानकारी दिए।

पक्राउ पर्नेमा गुल्मी चन्द्रकोट गाउँपालिका-७का ३५ वर्षीय विष्णु सुनार, ओखलढुंगा घर भई भक्तपुर बस्ने २९ वर्षीय फुरी शेर्पा, धादिङ घर भई भक्तपुर बस्ने २४ वर्षीय विनोद श्रेष्ठ र सिन्धुली घर भई ललितपुर बस्ने ३० वर्षीय विकास पुर्कुटी छन्।

दुर्लभ वन्यजन्तुको छाला ओसारपसार भइरहेको भन्ने सूचना प्रहरीले पाएको थियो। सो सूचनापछि प्रहरी प्रभाग बुढानीलकण्ठबाट शुक्रबार सवा १ बजे प्रहरी निरीक्षकको कमाण्डमा टोली खटिएको थियो।

विज्ञापन

सो टोलीले उनीहरूलाई पक्राउ गरेको हो।लक्ष्मीप्रसाद गिरीले सञ्चालन गरेको पूर्वपश्चिम गेष्ट हाउसमा चेक गर्दा दुई वटा छुट्टाछुट्टै झोलामा छाला बरामद गरेको हो। त्यस्तै चितुवाको छाला नभएको खप्पर जस्तो एक थान पनि बरामद भएको मैनालीले बताए।उनीहरूमाथि थप अनुसन्धान तथा कारबाहीको लागि आइतबार डिभिजन वन कार्यालय हात्तिसार पठाइएको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै