५ फागुन, काठमाडौं । सत्तारुढ पाँचदलीय गठबन्धनको बैठक सुरु भएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसीबारे छलफल हुने नेताहरुले बताएका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी अनुमोदनका लागि संसदमा पेश गर्नुपर्ने अडानका छन् । तर माओवादी केन्द्र र एकीकृत समाजवादीले संसदको अवरोध कायम रहेको बेला एमसीसी टेबल गर्न नहुने बताएका छन् ।
सरकारले जबरजस्ती अघि बढ्न खोजे सरकार छाड्ने माओवादीको चेतावनी छ ।
फेसबुक प्रतिक्रियाहरु