काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालबीच भेटवार्ता भएको छ ।
अमेरिकी सहयोग परियोजना एमसीसीका विषयमा सत्तारुढ गठबन्धनका दलहरुबीच सहमति नजुटिरहेका बेला रिजाल विपक्षी दलका नेता ओलीलाई भेट्न बालकोट पुगेका हुन् । एमसीसी, संसद अवरोधलगायतका विषयमा छलफल गर्न रिजाल ओली निवास पुगेका हुन् ।
कांग्रेस नेता रिजालले भेटवार्ता भएको पुष्टि गरे पनि थप खुलाउन चाहेनन् ।
बिहीबार साँझ सत्तारुढ गठबन्धनमा रहेका दलहरुको छलफल बोलाइएको छ । त्यसअघि रिजालले विपक्षी दलका नेता ओलीलाई भेटेका हुन् ।
फेसबुक प्रतिक्रियाहरु