होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, अशोज १२, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • एमसीसीविरुद्धको प्रदर्शनपछि भाइरल तस्बिरका युवक को हुन् ?
समाचार

एमसीसीविरुद्धको प्रदर्शनपछि भाइरल तस्बिरका युवक को हुन् ?

  • नागरिक रैबार
एमसीसीविरुद्धको प्रदर्शनपछि भाइरल तस्बिरका युवक को हुन् ?

धनगढी: हिजो बुधबार अमेरिकी सहयोग परियोजना(एमसीसी)को विरोधमा विभिन्न राजनीतिक दलले संघीय संसद भवन नयाँ बानेश्वर, काठमाडौं क्षेत्रमा प्रदर्शन गरेका थिए।

विरोधमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच झडप समेत भएका थियो। प्रदर्शनकारीलाई रोक्ने क्रममा प्रहरीले पानीको फोहोरासमेत गरेको थियो। उक्त प्रदर्शनपछि धेरै प्रदर्शनकारी घाइते बनेका थिए भने एक सयभन्दा बढी गिरफ्तार भएका थिए।

सोही विरोध प्रदर्शनपछि अहिले सामाजिक सञ्जालमा एउटा तस्बिर भाइरल बनिरहेको छ। उक्त फोटोमा भएका युवकलाई कतिपयले भविष्यमा गगनकुमार थापा बन्ने भनेर प्रतिक्रिया दिएका छन्, कारण थापाको पनि यस्तै प्रकारको पूरानो तस्बिर बेलाबेला सामाजिक सञ्जालमा आइरहन्छ।

विज्ञापन

ढुंगा प्रहार गर्दै गरेका उनको पोजलाई क्रिकेटसँग दाज्दै कतिपयले उनी अबको इन्डियन प्रिमियर लिग(आएपिएल) मा अनुवन्ध हुने भन्दै व्यङ्ग्य समेत गरेका छन्। यस्तै प्रतिक्रिया आइरहँदा उनकोबारे चासो समेत बढेको छ। ती युवक शुनिल सिंह हुन्।उनी रत्नराज्य लक्ष्मी (आरआर) क्याम्पसमा अध्ययनरत छन्। राजनीतिशास्त्रमा स्नातक गरिरहेको उनको घर बझाङको जयपृथ्वी नगरपालिका–१ कैलाश हो। २२ वर्षीय उनी नेकपा एमाले निकट युवा संघको जिल्ला कमिटी सदस्य हुन्।

आरआर क्याम्पसमा समेत विद्यार्थी राजनीति गरिरहेका उनी एमसीसीलाई राष्ट्रघाती सम्झौता मान्छन्। सोही कारण आफू पनि विरोध कार्यक्रममा सहभागी भएको सिंहले बताए। ‘विगतमा सहिदहरुले दुखः गरेर निर्माण गरेको नेपाललाई शक्तिशाली राष्ट्रको गुलाम बन्न दिनुहुँदैन। हाम्रो पार्टी सहभागी नभएपनि म लगायत साथीहरु व्यक्तिगत रुपमा प्रदर्शनमा सहभागी भएका हौं’ उनले भने।

केही विदेशी डलरको लोपमा संसदबाटै एमसीसी पारित गरिनु गलत भएको उनको बुझाइ छ। ‘यो राष्ट्रघाती सम्झैताले देशमा हिंसा बढ्ने आंकलन गरिएको छ। सबै जनता यसको विरुद्धमा लागेको बेला संसद्बाट जबरजस्ती एमसीसी पारित गर्न लागिन् आफैंमा शंकास्पद छ’ शुनिल सिंह भन्छन्, ‘कुनै पनि हालतमा यसलाई पास हुन दिनुहँदैन।’

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार