होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, असार ११, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • ‘सकेसम्म गठबन्धन बचाउनेमा हाम्रो जोड छ’
समाचार

‘सकेसम्म गठबन्धन बचाउनेमा हाम्रो जोड छ’

  • नागरिक रैबार
‘सकेसम्म गठबन्धन बचाउनेमा हाम्रो जोड छ’

काठमाडौँ — नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सत्ता गठबन्धन बचाउने प्रयास भइरहेको बताएका छन् ।

एमसीसी सम्झौता संसद्बाट अनुमोदन गराउने विषयमा सत्ता गठबन्धनमा मतभेद भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनमा त्यसबारे निर्णायक छलफल गर्न बैठक राखेका छन् । साँझ ५ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गठबन्धनको बैठक बस्दैछ ।

बैठकअघि विहान प्रधानमन्त्री देउवासँग छलफल गरेका दाहालले दिउँसो नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालसँग छलफल गरेका छन् ।

छलफलपछि अध्यक्ष दाहालले गठबन्धन कसरी बचाउने भनेर प्रयासरत रहेको बताए । ‘भरे ५ बजे गठबन्धनको बैठक बस्दैछ, त्यही बैठकको तयारीबारे छलफल गर्‍यौँ,’ दाहालले भने, ‘गठबन्धन कसरी बचाउने र एमसीसीलाई कसरी निकास दिने भन्नेबारे छलफल भयो । हाम्रो जोड सकेसम्म यो गठबन्धन बचाउनेमा छ ।’ उनले गठबन्धनको छलफलबाटै निकास आउने बताए ।

विज्ञापन

बैठकबाट बाहिरिने क्रममा एकीकृत समाजवादीका अध्यक्ष नेपालले पनि गठबन्धनको बैठकमा त्यसबारे छलफल हुने बताए । ‘यसमा धेरै बोलेर पनि बिग्रिएको छ, अहिले केही भन्नुछैन,’ उनले भने, ‘अब गठबन्धनको बैठकबाटै निर्णयमा पुग्छौँ ।’ अब सरकार छोड्नुहुन्छ कि ? भन्ने सञ्चारकर्मीको जिज्ञासामा उनले कुनै जवाफ दिएनन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै