होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, असार १२, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • लिभरपुल च्याम्पियन्स लिगको क्वाटरफाइनल नजिक
समाचार

लिभरपुल च्याम्पियन्स लिगको क्वाटरफाइनल नजिक

  • नागरिक रैबार
लिभरपुल च्याम्पियन्स लिगको क्वाटरफाइनल नजिक

काठमाडौं । इन्टर मिलानलाई उसकै मैदानमा २–० गोलले पराजित गरी लिभरपुल च्याम्पियन्स लिगको क्वाटरफाइनल नजिक पुगेको छ ।

प्रि–क्वाटरफाइनल चरणअन्तर्गत सान सिरोमा लिभरपुलका सब्स्टिच्युड रोबर्टो फिर्मिनो र मोहम्मद सलाहले खेलको अन्त्यतिर गोल गरे । गोलरहित बराबरीतर्फ उन्मुख रहँदा ७५औं मिनेटमा फिर्मिनोले एन्ड्रयू रोबर्टसनको कर्नरमा हेड गोल गरे ।

त्यसको १० मिनेटपछि सलाहले बक्स भित्रबाट गोल गरी जर्गेन क्लोप नेतृत्वको लिभरपुललाई सहज स्थितिमा पुर्याए । जितका बाबजुद लिभरपुलको प्रदर्शन सन्तोषजनक भने थिएन ।

विज्ञापन

दोस्रो लेगको खेल अर्को महिना हुनेछ । नतिजा उल्ट्याउनका लागि इन्टरले एनफिल्डमा लिभरपुललाई फराकिलो अन्तरमा हराउनु पर्नेछ ।

यो खेल लिभरपुलका हार्भे इलियटका लागि भने सधैं स्मरणीय रहनेछ । किनभने क्लब इतिहासमै च्याम्पियन्स लिग खेल्ने उनी कान्छा खेलाडी बनेका छन् । मिडफिल्डर इलियट १८ वर्ष ३१८ दिनमा च्याम्पियन्स लिगका लागि सुरुवाती टिममा परेका हुन् ।

बुधबार राति नै भएको अर्को खेलमा जर्मन टोलीहरू ६ पल्टको च्याम्पियन बायर्न म्युनिख र साल्सवर्गले १–१ गोलको बराबरी खेलेका छन् ।

किङ्सले कोम्यानले खेलको अन्तिम मिनेटमा गोल गरेपछि बार्यनले साल्सवर्गको मैदानमा हार टारेको हो । दोस्रो लेग बायर्नको मैदान एलियान्ज एरिनामा अर्को महिना हुनेछ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै