होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, कार्तिक १६, २०८२
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • कोल्टीमा एमालेको अगुवा कार्यकर्ता भेला सम्पन्न
Breaking News

कोल्टीमा एमालेको अगुवा कार्यकर्ता भेला सम्पन्न

  • नागरिक रैबार
कोल्टीमा एमालेको अगुवा कार्यकर्ता भेला सम्पन्न

नागरिक रैबार/बाजुरा १ पुस। बाजुराको कोल्टीमा नेकपा एमालेको अगुवा कार्यक्रर्ता भेला सम्पन्न भएको छ । मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको समिक्षा गर्न नेकपा एमाले बुढीनन्दा नगर कमिटीले आज कोल्टीमा अगुवा कार्यकर्ता भेलाको आयोजना गरेको थियो ।

नेकपा एमालेबाट प्रतिनिधि सभा र प्रदेश सभामा उम्मेदवार बनेका कणर्बहादुर थापा र लालबहादुर थापाले जिल्लाको तल्लो क्षेत्रका सवै पालिकाका मतदाताहरुसंग भेटघाट र समिक्षा गरेर आज कोल्टीको अगुवा कार्यकर्ता भेलामा सहभागि भएका छन् ।

चुनावको मतपरिणामको समिक्षा र आम मतदाताहरुसंग साक्षात्कार गर्न एमालेका उम्मेदवारहरु कोल्टी क्षेत्रका पालिकामा केन्द्रित रहेको नेकपा एमालेका सचिव भरत थापाले बताएका छन् ।

विज्ञापन

May be an image of one or more people, people standing and people sitting

आज कोल्टीमा निर्वाचन सम्पन्न पश्चात बुढीनन्दा नगर कमिटीले आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा प्रमुख अथिति नेकपा एमाले स्थाई कमिटि सदस्य कणर्बहादुर थापा रहेका थिए ।
May be an image of 15 people and people standing

त्यस्तै बिशिस्ट अथिति बाजुरा जिल्ला इन्चार्ज लाल बहादुर थापा र सुदुरपश्चिम प्रदेश कमिटी उपसचिव बल्देव रेग्मी, एमाले बाजुराका अध्यक्ष काली बहादुर शाही रहेका थिए भने भेलामा एमालेका सचिव भरत थापा र उपसचिव जनक कुमार बोहरा अतिथिमा रहेका थिए ।

कोल्टीमा गरिएको भेलामा चुनावको मतपरिणामको समिक्षा र आगामी दिनमा पार्टीलाई बाजुरा जिल्लामा कसरी चलायमान बनाउने भन्नेबारे छलफल भएको अनेरास्ववियु बाजुराका अध्यक्ष दिल थापा (भोटे) ले बताएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै