होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, कार्तिक १९, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • दैलेखका प्रमुख जिल्ला अधिकारीमाथि कारबाही गर्न सांसद परियारको माग
समाचार

दैलेखका प्रमुख जिल्ला अधिकारीमाथि कारबाही गर्न सांसद परियारको माग

  • नागरिक रैबार
दैलेखका प्रमुख जिल्ला अधिकारीमाथि कारबाही गर्न सांसद परियारको माग

सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसकी सांसद लक्ष्मी परियारले दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेललाई कारबाही गर्न सरकारसँग माग गरेकी छन् । गृह मन्त्रालयको निर्देशन अनुसार नागरिकतामा आफ्नो नाम सच्याउन पुगेका कर्णबहादुर कामीमाथि जातीय विभेदलाई प्रश्रय दिने गरी अपमानपूर्वक व्यवहार गरेको भन्दै प्रमुख जिल्ला अधिकारी प्याकुरेलमाथि तत्काल कारबाही गर्न सरकारसँग माग गरेकी हुन् ।

मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले कानुनभन्दा आफूलाई माथि राखि दलितमाथि दूव्र्यवहार गर्ने प्रमुख जिल्ला अधिकारी प्याकुरेलले गृह मन्त्रालयको निर्देशनलाई समेत पालना नगरेर जातीय दम्भ देखाएको भन्दै आक्रोश समेत व्यक्त गरिन् ।
सांसद परियारले लोकतन्त्रमा कर्मचारीहरु शासक नभई जनताको सेवक हुने भएकाले उनीहरुले जनसेवाको काम नगरे सरकारले तत्काल कारबाही गर्नुपर्ने पनि बताइन् ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै