होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, भदौ २१, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • वैवाहिक अंगीकृत नागरिकता प्राप्तिमा कम्तिमा पनि ७ वर्षे समयसीमा राखौं : एमाले
समाचार

वैवाहिक अंगीकृत नागरिकता प्राप्तिमा कम्तिमा पनि ७ वर्षे समयसीमा राखौं : एमाले

  • नागरिक रैबार
वैवाहिक अंगीकृत नागरिकता प्राप्तिमा कम्तिमा पनि ७ वर्षे समयसीमा राखौं : एमाले

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले वैवाहिक अंगीकृत नागरिकता प्राप्तिमा कम्तिमा पनि ७ वर्षे समयसीमा राख्ने प्रस्ताव गरेको छ ।

बुधबार प्रतिनिधिसभामा विशेष समय लिएर एमालेका प्रमुख सचेतक विशाल भट्टराईले राष्ट्रपति विद्यादेवी भण्डारीबाट नागरिकता विधेयक संदेशसहित फिर्ता हुनु राजनीतिक दलहरूका लागि नागरिकता विधेयकमा साझा धारणा तय गर्ने सुवर्ण अवसर भएको बताए ।

साथसाथै उनले अवसरको सदुपयोग गर्दै वैवाहिक अंगीकृत नागरिकता प्राप्तिको वर्तमान व्यवस्था बदलेर कम्तिमा पनि ७ वर्षे समयसीमा राख्नुपर्ने बताएका हुन् ।

विज्ञापन

‘राष्ट्रपतिले केही संदेशहित पठाउनुभएको छ । यो हाम्रा लागि सुवर्ण अवसर हो । एमालेको तर्फबाट आश्वान गर्न चाहन्छु- आउनुहोसु सम्पूर्ण राजनीतिक दलहरू एक ठाउँमा उभिएर जाउँ । नागरिकता जस्तो विषयमा साझा धारणा तयर गरेर अगाडि बढौं,’ प्रमुख सचेतक भट्टराईले भने ।

साथसाथै उनले वैवाहिक अंगीकृत नागरिकता प्राप्तिका सन्दर्भमा पूर्ववर्ती सरकारले ल्याएको विधेयकमाथि छलफल गरेर प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले ७ वर्षे समयसिमा राख्ने गरी विधेयकको प्रतिवेदन तयार गरी हाउसमा पेस गरेको स्मरण गरे ।

‘७ वर्षे प्रावधान हटाएर सरकारले विधेयक ल्यायो । हामीले सम्बोधा हाल्यौं तर, बहुमतले पारित गरेर अगाडि बढाइएको थियो’ उनले थपे, ‘अब फेरि यसमाथि छलफल गर्ने हामीलाई अवसर मिलेको छ । कम्तिमा पनि ७ बर्षे प्रावधान राखौं । दुनियाँमा कही पनि आज बिहे गरेर आयो भोलि नागरिकता पाउने व्यवस्था छैन् । यसतर्फ ख्याल गरौं ।’

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार