होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, मंसिर ७, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • पर्साबाट २ केन्द्रीय सदस्यसहित ६९ जनाले छाडे जसपा
समाचार

पर्साबाट २ केन्द्रीय सदस्यसहित ६९ जनाले छाडे जसपा

  • नागरिक रैबार
पर्साबाट २ केन्द्रीय सदस्यसहित ६९ जनाले छाडे जसपा

वीरगञ्ज । जनता समाजवादी पार्टी (जसपा) का दुई जना केन्द्रीय सदस्यसहित ६९ जनाले पार्टी परित्याग गरेका छन् । पार्टीमा स्वच्छाचारिता बढेको, एकलौटी ढंगबाट संचालन भएको, नीति, नियम र नेतृत्व प्रष्ट नभएको र पार्टीको संगठनात्मक संरचना अनुसार चल्नुपर्नेमा व्यक्ति, ठेकेदार र भ्रष्टाचारी हावी भएको, जनताको हितमा नभई सीमित आसेपासे, नातेदार र द्रव्यदारहरू चंगुलमा पार्टी डुब्दै गएको आरोप लगाउँदै उनीहरुले पार्टी परित्यागको घोषणा गरेका छन् ।

शनिबार वीरगञ्जमा पत्रकार सम्मेलन गर्दै केन्द्रीय सदस्य वीरेन्द्र यादव र टेकबहादुर शाक्य, प्रदेश सदस्य सलाउदिन अहमद, जिल्ला सदस्य एवं जगरथापुर गाउँपालिका अध्यक्षका उम्मेदवार कृष्ण मोहन यादव, पर्सा निर्वाचन क्षेत्र नम्बर ४ का अध्यक्ष लालबाबु साह, जिराभावानी गाउँपालिका संयोजक राजबली यादव, ठोरी गाउँपालिका संयोजक रामबहादुर पाख्रिन लगायतले सामूहिक रुपमा पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।

उनीहरूले केही दिन अघि नै पत्रकार सम्मेलन गरेर पार्टी परित्याग गर्ने तयारी गरेका थिए । तर वन मन्त्री प्रदीप यादव र वीरगञ्ज महानगरका प्रमुख राजेशमान सिंहले पार्टीको केन्द्रीय समिति बैठक अघि पार्टी छोड्दा सन्देश राम्रो नजाने भन्दै रोकेका थिए ।

विज्ञापन

हेर्नुहोस् राजीनामा दिनेको

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार