होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, असार ११, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • हार स्वीकारेर घर पुगेका उम्मेदवार तीन भोटले विजयी भएपछि…
समाचार

हार स्वीकारेर घर पुगेका उम्मेदवार तीन भोटले विजयी भएपछि…

  • नागरिक रैबार
हार स्वीकारेर घर पुगेका उम्मेदवार तीन भोटले विजयी भएपछि…

कैलाली । कैलालीको घोडाघोडी नगरपालिका-११ को मत गन्दागन्दै हार्ने सोचेर फर्केका जसपाका वडाअध्यक्ष उम्मेदवार दानसिंह जोगी तीन मतले विजयी भएका छन् ।

कडा प्रतिस्पर्धामा रहेका जोगी आफूले जित्ने माहोल नभएपछि हार स्वीकार्दै घर फर्केका थिए । पछि फेसबुकबाट विजयी भएको सूचना पाएपछि उनी पुनः मतगणनास्थल गए । नेपाली कांग्रेसका राजकुमार कठरियालाई तीन मतले पछाडि पार्दै जोगी विजयी भएका हुन् । कठरियाले ६७९ मत पाउँदा जोगीले ६७२ मत पाएका थिए ।

मतगणना शुरु भएदेखि नै कांग्रेस र जसपाबीच कडा टक्कर थियो । अन्तिम मत परिणाममा कांग्रेसका उम्मेदवार विजयी भएको अपुष्ट खबर सार्वजनिक भयो । मतगणनामा जोगी पनि सहभागी थिए । मतगणना सकिँदासम्म कांग्रेसका उम्मेदवार विजयी भएको र आफू झिनो मतान्तरले हारेको भन्दै जोगी घर गइसकेका थिए ।

विज्ञापन

यता कांग्रेसका नेता-कार्यकर्ताहरू विजय उत्सव मनाउने तयारी गरिरहेका थिए । तर, मतपरिमाण घोषणा हुँदा जसपाका जोगी विजयी भएको निर्वाचन अधिकृत भानदेव जोशीले बताए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै