होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, मंसिर १२, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाज
  • गौमुल गाउँपालिकामा १, २, ५ र ६ मा एमालेको प्यानल नै विजयी
समाज

गौमुल गाउँपालिकामा १, २, ५ र ६ मा एमालेको प्यानल नै विजयी

  • नागरिक रैबार
गौमुल गाउँपालिकामा १, २, ५ र ६ मा एमालेको प्यानल नै विजयी

नागरिक रैबार/बाजुरा २ जेठ। जिल्लाको गौमुल गाउँपालिकामा हालको मत परिणाममा ४ वटा वडामा एमालेको सिंगो प्यानलै जिजयी भएको छ । वडा नं. १, २, ५ र ६ मा नेकपा एमालेको प्यानलै विजयी भएको हो । एमालेबाट उम्मेदवार बनेका वडा नं.१ का देवेन्द्र बहादुर रोकायाको सिंगो टिम विजयी भएको छ । रोकायासँग नेपाली काँग्रेसका राम बहादुर रोकाया पराजित भएका छन् ।

जिजेता रोकायाले ६६५ मत प्राप्त गरेका छन्, भने काँग्रेसका राम बहादुर रोकायाले ९७ मत प्राप्त गरेका छन् । वडा नं.२ मा पनि एमाले देवबहादुर रोकायाको सिंगो प्यानलै विजयी भएको छ । रोकायासँग काँग्रेसका राजबहादुर धामी पराजित भएका छन् ।

विजेता रोकायाले ५८५ मत प्राप्त गरेका छन् भने काँग्रेसका उम्मेदवार धामीले ३८६ मत ल्याएर पराजित भएका हुन् । सोही वडामा २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेस विजयी भएको थियो, यो चुनावमा भने नेकपा एमालेको सिंगो टिम नै भारी मतले विजयी भएको छ ।

विज्ञापन

वडा नं. ५ मा पनि एमालेका कलक बहादुर सिंहको सिंगो टिम नै विजयी भएको छ । काँगेसबाट उम्मेदवार बनेका रामबहादुर बुढा १३३ मतले पराजित भएका छन् । विजेता सिंहले ३८५ मत प्राप्त गरेका छन् भने बुढाले २५२ मत प्राप्त गरेका हुन ।

त्यस्तै वडा नंं. ६ मा पनि एमाले प्रकाश बहादुर रोकायो प्यानलै विजयी भएको छ । नेपाली काँगेसबाट उम्मेदवार बनेका नेरेन्द्र रोकाया पराजित भएका छन् । विजेता रोकायाले ४९९ मत सहीत प्यानलै विजयी भएको छ । नेपाली काँग्रेसका नरेन्द्र रोकाया ३१६ मतसहित पराजित भएका छन् ।

गौमुल गाउँपालिकामा हालसम्म एमालेले ४ वटा वडामा प्यानल सहित विजयी भएको छ । अन्य २ वटा वडाको मत गणना कायमै रहेको छ उक्त वडाहरुमा पनि एमालेको अग्रता कायमै रहेको छ । अध्यक्ष र उपाध्यक्षमा पनि एमालेले अग्रता कायमै राखेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार