नागरिक रैबार/बाजुरा २ चैत्र। नेकपा एकिकृत समाजबादी पार्टी बाजुराले आगामी स्थानीय तहको निर्वाचनलाई मध्येनजर गरेर जिल्लाका ६९ वटै वडा र पालिकामा चुनावी सभा गर्ने भएको छ ।
समाजवादी पार्टीको सदरमुकाम मार्तडीमा आज बसेको पदाधिकारीको वैठकले जिल्लाका सवै पालिकामा आफ्ना मतदाताहरुसंग प्रत्येक्ष भेटघाट तथा छलफल सहित चुनावी सभा गर्ने निणर्य गरेको नेकपा एस बाजुराका सचिव पुरबहादुर रावतले बताएका छन् । उहाँका अनुसार आज बसेको पदाधिकारीको बैठकले यही चैत्र १५ गते जिल्ला कमिटीको बैठक बस्ने भएको छ ।
त्यस्तै स्थानीय तहको निर्वाचनको लागि चुनावी तालमेल गर्न नेकपा (एस) का केन्द्रिय सदस्य तथा बाजुरा अध्यक्ष गगन रावल संयोजक रहने ६ जनाको संयन्त्र समिति समेत गठन गरेको छ । जसमा सदस्यहरु चिरञ्जीवी शाही, काँशी नेपाली, नवराज जैशी, पुरबहादुर रावत र नीर बहादुर शाही र दिर्घराज पाध्याय छन् ।
स्थानीय तहको निर्वाचनको मिति नजिकिएसंगै बाजुरा जिल्लामा नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रका नेताहरु मतदाता भेट्न तथा चुनावी घरदैलो अभियानमा जुटेका छन् ।
फेसबुक प्रतिक्रियाहरु