होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, मंसिर ९, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • राजनीतिक दलको सदस्य भए म्यादी प्रहरीको आवेदन दिन नपाइने
समाचार

राजनीतिक दलको सदस्य भए म्यादी प्रहरीको आवेदन दिन नपाइने

  • नागरिक रैबार
राजनीतिक दलको सदस्य भए म्यादी प्रहरीको आवेदन दिन नपाइने

काठमाडौंः राजनीतिक दलको सदस्यता लिएका व्यक्तिले म्यादी प्रहरीको आवेदन दिन नपाउने भएका छन्। स्थानीय तह निर्वाचनका लागि प्रहरी प्रधान कार्यालयले मंगलबार १ लाख म्यादी प्रहरीका लागि दरखास्त अह्वान गरेको छ।वैशाख ३० गते हुने निर्वाचनमा ४० दिनका लागि म्यादी प्रहरी भर्ना गर्न लागिएको हो। १८ वर्षदेखि ५४ वर्ष उमेरका नेपाली नागरिकले म्यादी प्रहरीका आवेदन दिन सक्ने प्रहरी प्रधान कार्यालय अन्तर्गतको मानवस्रोत एवं प्रशासन विभाग नक्सालले अह्वान गरेको दरखास्तमा उल्लेख छ।

नैतिक पतन देखिने फौजदारी अभियोगमा कसूरदार नठहरिएका, समान्य लेख पढ् गर्नसक्नेले दरखास्त दिन सक्ने नेपाल प्रहरीका प्रवक्ता विष्णुकुमार केसीले बताए।। चैत ६–११ गतेसम्म जिल्ला प्रहरी तथा काठमाडौं उपत्यकाका लागि महानगरीय प्रहरी परिसरमा आवेदन दिन सकिन्छ। उनीहरूले नेपाल प्रहरीको जवान सरह २२ हजार ६८० रुपैयाँ तल पाउने छन्। रासन र पोसाक भत्ताको पनि व्यवस्था गरिएको छ।

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीबाट अवकाश प्राप्त, पूर्ववन रक्षकहरू, विदेशी राष्ट्रका सुरक्षा निकायमा काम गरेर सेवा निवृत्त नेपाली नागरिक तथा विगतका निर्वाचनमा म्यादी प्रहरीका रूपमा काम गरेकाहरूलाई विशेष प्राथमिकतामा राखिएको छ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार