होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, मंसिर १०, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • होली विशेषः इच्छाविपरित कसैलाई रंग लगाए कारबाही
समाचार

होली विशेषः इच्छाविपरित कसैलाई रंग लगाए कारबाही

  • नागरिक रैबार
होली विशेषः इच्छाविपरित कसैलाई रंग लगाए कारबाही

काठमाडौं, २ चैत्र । भोलि हिन्दुहरुको होली पर्व हो । एकअर्कालाई रंग दलेर होली पर्व मनाउने गर्छन् । होली लक्षित गरी महानगरीय प्रहरी परिसरले विशेष सुरक्षा योजना बनाएको छ ।होलीको दिन उछ्ृंखल गतिविधि हुनसक्ने भन्दै सामान्य दिनमा भन्दा धेरै प्रहरी परिचालन गर्ने भएको छ । काठमाडौमा होलीको दिनमा धेरै स्थानमा कार्यक्रमको आयोजना हुँदैछन् ।

प्रहरीले मोबाइल टोली, पैदल गस्ती, क्वीक रेस्पोन्स टिम र चेकिङ गरेर सुरक्षा कडा बनाउने भएको छ । गत वर्ष भने कोरोना महामारीको कारण होली खेल्नमा रोक लगाइएको थियो । यसपाली होली खेल्न दिएपनि कसैको इच्छाविपरित जबरजस्ती रंग दले कारवाही गर्ने प्रहरीले बताएको छ । त्यस्तै, बाटोमा हिड्ने यात्रुलाई फोहोर पानी र लोला हाने कडा कारबाही गर्ने प्रहरीले बताएको छ ।

होलीको दिनमा मोटरसाइकलमाथि पनि विशेष निगरानी राख्ने भएको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार