होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, असार २४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बलात्कारविरुद्ध चक्काजाम गरेको भिडियो खिच्ने सञ्चारकर्मी पक्राउ
समाचार

बलात्कारविरुद्ध चक्काजाम गरेको भिडियो खिच्ने सञ्चारकर्मी पक्राउ

  • नागरिक रैबार
बलात्कारविरुद्ध चक्काजाम गरेको भिडियो खिच्ने सञ्चारकर्मी पक्राउ

१८ महिने बालिकालाई बलात्कारपछि हत्या गरेको विरुद्धमा सर्वसाधारणले चक्काजाम गरेको भिडियो खिच्ने एकजना सञ्चारकर्मीलाई प्रहरीले पक्राउ गरेको छ ।सर्वसाधारणले मोरङको सुन्दरहरैंचाको गछियामा मंगलबार पूर्वपश्चिम राजमार्गमा २ घण्टा चक्काजाम गरेका थिए । चक्काजामका क्रममा सञ्चारकर्मी सम्झना राईसहित ११ जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेकाको नाम पनि प्रहरीले सार्वजनिक गरेको छैन ।

मोरङको सुन्दरहरैचा नगरपालिका–७ गणेशपुरकी १८ महिने नाबालिकाको बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले सोही ठाउँका दुई युवालाई पक्राउ गरिसकेको छ । बालिकाको हत्या आरोपमा सुन्दरहरैचा ७ का २५ वर्षीय अजय चौधरी र २८ वर्षीय मिथुन चौधरीलाई प्रहरीले पक्राउ गरेको हो ।

त्यहाँका सर्वसाधारणले बालिकाका परिवारलाई क्षतिपूर्ति र पक्राउ परेका दोषीलाई हदैसम्मको कारबाहीको माग गर्दै चक्काजाम गरेका थिए । सो क्रममा ३ वटा बसमा आगजनी गरेको प्रहरीको आरोप छ । पक्राउ परेकी सञ्चारकर्मी राईले भने आफूले भिडियो खिचिरहेको र आन्दोलनमा सहभागी पनि नभएको बताइन् । पक्राउ परेकी राई मोरङको उर्लाबारीबाट सञ्चालित पूर्वी कमाण्ड अनलाइनमा काम गर्छिन् ।

विज्ञापन

प्रहरीले उनी पनि आन्दोलनमा सहभागी भएको दाबी गरेको छ । मोरङका प्रहरी प्रमुख एसपी जनार्दन जिसीले पक्राउ परेका विरुद्ध मुद्दा चलाउने तयारी गरेको बताए । ‘अभद्र व्यवहार’मा मुद्दाको तयारी गरिरहेको उनको भनाइ छ ।

भिडियो खिचेकै आधारमा संचारकर्मीलाई पक्राउ गर्नु प्रेस स्वतन्त्रता विरुद्धमा भएको प्रेस सेन्टर मोरङ उर्लाबारी शाखाका अध्यक्ष सरोज बस्नेतले बताए । पूर्वी कमाण्ड मिडियाका अध्यक्षसमेत रहेका बस्नेतले सञ्चारकर्मी राईलाई तत्काल छोड्नुपर्ने बताए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार