होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, असार १२, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • दुई खेल अगावै मछिन्द्रले जित्यो ए डिभिजन लिगको उपाधि
समाचार

दुई खेल अगावै मछिन्द्रले जित्यो ए डिभिजन लिगको उपाधि

  • नागरिक रैबार
दुई खेल अगावै मछिन्द्रले जित्यो ए डिभिजन लिगको उपाधि

काठमाडौं । अजरवैजानी खेलाडी नुर्लान नाेभ्रुजाेभको निर्णायक गोलमा मछिन्द्र एफसीले सातदोबाटो युथ क्लबलाई १-० ले पराजित गर्दै दुई खेल अगावै शहीद स्मारक ए डिभिजन लिगको उपाधि जितेको छ ।

साविक विजेता मछिन्द्रले सातदोबाटोलाई पराजित गरेपछि दुई खेल अगावै लिगको उपाधि रक्षा गरेको हो ।

यो जितपछि मछिन्द्रले ११ खेलबाट २९ अंक जोडेको छ । एक खेल कम खेलेको मनाङ २० अंकसहित दोस्रो स्थानमा छ । यसअघि मछिन्द्रले मनाङलाई हराइसकेकोले मछिन्द्र हेड टु हेडमा अघि छ र मनाङले बाँकी तीन खेल जिते पनि मछिन्द्रलाई भेट्ने छैन ।

विज्ञापन

सुरुवातदेखि नै प्रतिस्पर्धात्मक बनेको खेलमा सुरुको दश मिनेट सातदोबाटोले विपक्षीमाथि दबाब बनाएको थियो । त्यसपछि भने मछिन्द्रले खेलमा लय समात्यो । पहिलो हाफमा मछिन्द्रका विमल घर्ती मगरले दुई अवसर गुमाए ।

खेलको १९औं मिनेटमा विमल घर्तीमगरको शक्तिशाली प्रहार सातदोबाटोका गोलकिपर अभिषेक बरालले पञ्च गर्दै बचाए । त्यसपछि लगातार तीन कर्नर हानेको मछिन्द्रले बक्समा बल पाए पनि फिनिसिङ गर्न सकेन ।

२४औं मिनेट नुर्लानको लङ पासमा अनमार्क रहेका विमलले गरेको हेडर अभिषेकले बचाए । २९औं मिनेटमा सातदोबाटोले बक्स भित्रबाट गोल गर्ने अवसर पाएको थियो । भिडभाडमा सातदोबाटोका खेलाडीको प्रहार मछिन्द्रका डिफेण्डर र गोलकिपरले बचाए ।

३२औं मिनेटमा कप्तान मानबहादुर तामाङको पासमा मार्टिन एस नांगाको हेडर मछिन्द्रका गोफकिपर विशाल श्रेष्ठले बचाए । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।

दशरथ रंगशालामा भएको खेलको ५३औं मिनेटमा नुर्लानले गोल गरेका थिए । सुनिल बलको क्रसमा देवेन्द्र तामाङले हेड गरेका बल सातदोबाटोका गोलकिपर अभिषेक बराललाई टच हुँदै बारमा लागेर फर्कियो र रिबाउण्डमा नुर्लानले गोल गरे । त्यसपछि थप गोल हुन नसक्दा मछिनन्द्रको जित पक्का भएको हो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै