काठमाडौं । दुई पोर्चुगिज खेलाडी क्रिस्टियानो रोनाल्डो र ब्रुनो फर्नान्डेजको गोलमा म्यानचेष्टर युनाइटेडले प्रिमियर लिगमा १० खेलाडीमा समेटिएको ब्राइटनलाई २-० ले पराजित गरेको छ ।
घरेलु मैदान ओल्डट्राफोर्डमा भएको खेलमा युनाइटेडले दुवै गोल दोस्रो हाफमा गरेको थियो ।
खेलको ५१औं मिनेटमा रोनाल्डोले स्कट म्याकटोमिनेको पासमा गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए । यस्तै ब्रुनोले इन्जुरी टाइमको सातौँ मिनेटमा पउल पोग्वाको पासमा गोल गरे ।
जितपछि २५ खेलबाट ४३ अंक जोड्दै युनाइटेड चौथो स्थानमा उक्लिएको छ । ब्राइटन २४ खेलबाट ३३ अंकसहित नवौँ स्थानमा छ ।
फेसबुक प्रतिक्रियाहरु