होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, पुस ८, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • माओवादी केन्द्र निर्वाचन आयोगमा दर्ता , बाबुरामलाई चिह्न दिन छुट्टै निर्णय हुने
समाचार

माओवादी केन्द्र निर्वाचन आयोगमा दर्ता , बाबुरामलाई चिह्न दिन छुट्टै निर्णय हुने

  • नागरिक रैबार
माओवादी केन्द्र निर्वाचन आयोगमा दर्ता , बाबुरामलाई चिह्न दिन छुट्टै निर्णय हुने

काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गरेको छ ।नेता लीलामणि पौडेल, मुक्ति प्रधान, केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्याय लगायतका नेताहरु आयोगमा गएर दल दर्ता गराएका हुन् ।

माओवादी केन्द्र र पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीबीच एउटै चुनाव चिह्न लिएर प्रतिस्पर्धा गर्ने सहमति भइसकेको नेताहरु बताउँछन् ।

माओवादी केन्द्र र समाजवादी पार्टीले एउटै चुनाव चिह्न प्रयोग गर्न फेरि निर्णय गर्नुपर्छ । माओवादी केन्द्रका केन्द्रीय कार्यालय सचिव उपाध्यायले त्यसको गृहकार्य भइरहेको बताए । निर्वाचनसम्बन्धी ऐनको एउटै चुनाव चिह्न प्रयोगसम्बन्धी व्यवस्था अनुसार दुई पार्टीले एउटै चुनाव चिह्न लिने निर्णय गरेर आयोगलाई जानकारी गराउने उनको भनाइ छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार