होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, साउन १२, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • रवि लामिछानेले भेटे हर्क साम्पाङ, दुवैजना नेपाली पोशाकमा
समाचार

रवि लामिछानेले भेटे हर्क साम्पाङ, दुवैजना नेपाली पोशाकमा

  • नागरिक रैबार
रवि लामिछानेले भेटे हर्क साम्पाङ, दुवैजना नेपाली पोशाकमा

काठमाडौं, असार ३१ । धरान उपमहानगरका प्रमुख हर्क साम्पाङ र राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेबीच भेट भएको छ। उनीहरुबीच उपमहानगर प्रमुखको कार्यालयमा आज बिहान भेट भएको हो। स्वतन्त्र पार्टीका नेता दीपक बोहराले सम्पाङ र लामिछानेबीच भेट भएको तस्बिर सामाजिक सञ्जालमा राख्दै भेटवार्ता भएको पुष्टि गरेका छन् ।

लामिछानेलाई उद्धृत गर्दै बोहराले फेसबुकमा लेखेका छन्, ‘तपाईंलाई भेटेरै शुभकामना दिन आएको। खासमा मलाई श्रमदानमा पनि सहभागी हुने मन थियो, तर सकिएछ। जनताको एकदम अपेक्षा छ तपाईंसित, राम्रो गर्नुहोला। सहकार्य जारी रहनेछ ।’

सार्वजनिक फोटोमा दुबैजनाले एकै खाले नेपाली लुगा लगाएका देखिन्छन् । विहिबार मात्रै लामिछानेले नेपालमा बनेका लुगाहरु मात्रै लगाउने घोषणा गरेका थिए । विहिबार झापामा आयोजित पार्टीको जिल्ला भेलामा उनले नेपालकै उत्पादनलाई प्राथमिकता दिने भन्दै बिदेशी पोशाक नलगाउने बताएका थिए ।

विज्ञापन

आज साम्पाङ र लामिछानेले लगाएको तलदेखि माथिसम्मको पोशाक पनि नेपाली उत्पादन हो। सधै साधारण र समान्य पोशाकमा देखिने साम्पाङ हरेक शुक्रबार दौरा सुरुवाल र टोपी लगाएर कार्यालय जाने गरेका छन्। उनीसँगको भेटमा लामिछाने भादगाउँले टोपी, आस्कोटसहितको पहिरनमा देखिएका छन्।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाचार
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • ७ दिन अगाडि

भर्खरै