होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, असार २४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • आगलागीबाट जोगिन सचेतना अपनाऔं : प्रहरी
समाचार

आगलागीबाट जोगिन सचेतना अपनाऔं : प्रहरी

  • नागरिक रैबार
आगलागीबाट जोगिन सचेतना अपनाऔं : प्रहरी

सुख्खा मौसम र हावाहुरी चल्ने हुनाले चैत, वैशाख र जेठमा आगलागी हुनसक्ने भन्दै प्रहरीले सचेतना अपनाउन आग्रह गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले ११ बुँदे सूचना जारी गर्दैै सचेतना अपनाउन र आगो लागि हालेमा प्रहरी कन्ट्रोल– १०० र दमकल सेवाको नम्बर–१०१ मा खबर गर्न आग्रह गरेको छ ।महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जनस्तरबाट सचेतना अपनाएर सहयोग गरेमा क्षती कम गर्न सकिने बताए । उनले भने–‘आगलागी हुन नदिन जनस्तरबाट नै सहयोगको अपेक्षा गरेका छौं ।’

काठमाडौं प्रहरीले आगो उत्पन्न हुने वस्तुहरु बालबालिकाबाट टाढा राख्न आग्रह गरेको छ । त्यस्तै, विद्युत्तजन्य सामग्री हिटर, गिजर, पङ्खा र आइरन काम सकिएपछि बन्द गर्न अपील गरेको छ । ‘पावर सकेटबाट धेरै पावर चाहिने उपकरणहरु प्रयोग नगरौं’ काठमाडौं प्रहरीले भनेको छ– ‘घरमा फायर एक्टिङ्गग्युसर राखेर त्यसको प्रयोग गर्ने तरिका परिवारका सदस्यहरुलाई सिकाऔँ ।’

यस्तो छ प्रहरीको अपील :
१.आगो उत्पन्न हुने सलाई, लाइटर, ग्यास सिलिन्डर र चुल्हो बालबालिकाहरूबाट टाढै राखौँ, होसियारीपूर्वक प्रयोग गरौँ र काम सकिएपछि सुरक्षितसाथ राखौँ ।
२.विद्युतजन्य सामाग्रीहरु (हिटर, गिजर, पङ्खा, आइरन, एसी आदि) लाई काम सकिएपछि बन्द गर्ने गरौँ ।
३.एउटा पावर सकेटबाट धेरै पावर चाहिने उपकरणहरु प्रयोग नगरौँ ।
४.घरमा फायर एक्टिङ्गग्युसर राखी परिवारका सदस्यहरुलाई प्रयोग गर्ने तरिका सिकाऔँ ।
५.पूजा कोठामा सिन्के र बाटेको धुप, भान्सामा कोइला, लामखुट्टे भगाउन क्वाइल बालेर छाड्ने जस्ता कार्य नगरौँ ।
६.आगलागी वा धुवाँ भएको स्थानबाट बाहिर निस्कनुपर्दा घोप्टो परेर अथवा घस्रेर निस्कने गरौँ ।
७.ग्यास सिलिन्डरमा आगो लागेमा जुटको बोरा वा ब्ल्याङ्केटले सिलिण्डरलाई घ्वाप्प छोपौँ ।
८.ग्यास चुल्हो बाल्नु अगाडि भान्साको झ्याल, ढोका खोली ग्यास लिक भए नभएको यकिन गरी मात्र बालौँ ।
९.गाईवस्तु चरणका निम्ति राम्रो हुन्छ भनी वनमा डढेलो लगाउने कार्य नगरौँ ।
१०.वनमा पिकनिक गर्दा बालेको आगो र गाई बाख्रा चराउन जाँदा खाएको चुरोटको ठुटाहरू पूर्णरुपमा निभाऔँ ।
११.आगलागी भएको जानकारी हुनासाथ प्रहरी कन्ट्रोल १०० र दमकल सेवा १०१ मा जानकारी गराऔँ ।

विज्ञापन

 

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार