होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, मंसिर ११, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • वडा समितिलाई कांग्रेसको परिपत्र– हरेक सदस्यले ५० मतदाताको सम्पर्कमा बस्नू
समाचार

वडा समितिलाई कांग्रेसको परिपत्र– हरेक सदस्यले ५० मतदाताको सम्पर्कमा बस्नू

  • नागरिक रैबार
वडा समितिलाई कांग्रेसको परिपत्र– हरेक सदस्यले ५० मतदाताको सम्पर्कमा बस्नू

काठमाडौँ — स्थानीय चुनावको मिति नजिकिँदै गर्दा सत्तारूढ दल नेपाली कांग्रेसले आफ्ना नेता कार्यकर्तालाई मतदातासँग सम्पर्क बढाउन निर्देशन गरेको छ । केन्द्रीय कार्यालयले ७७ वटै जिल्ला कार्यसमितिमार्फत् ६७४३ वडालाई पत्राचार गर्दै टोल कार्यसमितिको एक सदस्यले कम्तीमा १० घर या ५० मतदातासँग नियमित सम्पर्कमा बस्न परिपत्र गरेको हो । कांग्रेसले वडा कार्यसमितिमा १५ प्रतिशत युवा प्रतिनिधित्व गराउनसमेत निर्देशन गरेको छ ।

केन्द्रीय कार्यालयले गरेको सर्कुलरमा वडा कार्यसमितिलाई निर्वाचन केन्द्रित रणनीति तर्जुमा गर्न सहज हुने गरी आफ्नो टोलका पार्टी सदस्यहरू, मतदाताको विवरण र नयाँ मतदाताको विवरण तयार गर्न तथा घरदैलोमा पुगेर गुनासा र समस्याहरू सुन्न निर्देशन दिएको छ ।

‘टोल कार्यसमितिका सदस्यलाई निश्चित घर (१० वटा घर) या मतदाता संख्या (५० मतदाता) बाँडफाँड गरी ती मतदातासँग नियमित भेटघाट गर्ने, दुःखसुखमा सामेल हुने लगायतको जिम्मेवारी दिने,’ कांग्रेसले सर्कुलरमा भनेको छ ।

विज्ञापन

पार्टी विधानबमोजिम कांग्रेसका सबै तहमा सभापतिले निर्वाचित सदस्यमध्येबाट कोषाध्यक्ष मनोनीत गर्नुपर्ने व्यवस्था छ । केन्द्रीय सभापति शेरबहादुर देउवाले केन्द्रीय समितिमा कोषाध्यक्ष मनोनीत गर्न सकेका छैनन् । तर, केन्द्रीय कार्यालयले तल्ला तहका कार्यसमितिलाई भने यथासिघ्र कोषाध्यक्ष मनोनयन गर्न निर्देशन गरेको छ ।

कार्यालयले चैत्र ११ भित्र कोषाध्यक्ष मनोनयन गरी त्यसको विवरण अद्यावधिक गर्न निर्देशन गरेको हो । सो अवधिभित्र वडा कार्यसमितिहरूले आफ्नो वडाभित्र टोल समितिहरू निर्माण गरी चुनाव केन्द्रीत अभियानमा परिचालन गर्नुपर्ने परिपत्रमा उल्लेख छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार