होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • प्रदेश ७
  • धनगढीमा चैत १० गतेदेखि ‘सुदूरपश्चिम महोत्सव’ लाग्ने
प्रदेश ७

धनगढीमा चैत १० गतेदेखि ‘सुदूरपश्चिम महोत्सव’ लाग्ने

  • नागरिक रैबार
[sharethis-inline-buttons]
धनगढीमा चैत १० गतेदेखि ‘सुदूरपश्चिम महोत्सव’ लाग्ने

धनगढीः यो वर्ष धनगढीमा सुदूरपश्चिम महोत्सव आयोजना हुने भएको छ। कैलाली उद्योग वाणिज्य संघले चैत १० देखि महोत्सव लगाउने तयारी थालेको छ। हरेक वर्ष मंसिर २२ गतेबाट लाग्ने महोत्सव गएका २ वर्ष कोभिड १९ का कारण हुन सकेको थिएन। तर यो वर्ष कोरोना संक्रमण घटेको भन्दै चैत १० देखि २० गतेसम्म महोत्सव आयोजना गर्ने कैलाली उद्योग वाणिज्य संघले जनाएको छ।

यो वर्ष लाग्ने महोत्सव धनगढी उपमहानगरपालिका वडा नम्बर १ मास्थित सेती प्रादेशिक अस्पतालको दक्षिण पट्टी हुने कैलाली उद्योग वाणिज्य संघले जनाएको छ। माघ १८ गते देखि आयोजना हुने भएपनि कोरोनाको संक्रमण बढेपछि तयारी सुरु भएको सुदूरपश्चिम महोत्सव २०७८ अन्तिममा आएर स्थगित भएको थियो।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै