होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, असार २४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • संखुवासभा दुर्घटना : मृतकका परिवारलाई जनही एक लाख दिने निर्णय
समाचार

संखुवासभा दुर्घटना : मृतकका परिवारलाई जनही एक लाख दिने निर्णय

  • नागरिक रैबार
संखुवासभा दुर्घटना : मृतकका परिवारलाई जनही एक लाख दिने निर्णय

संखुवासभा : मादी नगरपालिकाले बस दुर्घटनामा मृत्यु भएका १५ जनाको परिवारलाई जनही एक लाख रुपैयाँ दिने भएको छ। यस्तै‚ घाइतेलाई जनही ५० हजार रूपैयाँ उपचार खर्च दिने उपलब्ध गराउने भएको छ।सोमबार बसेको नगरपालिका कार्यपालिकाको बैठकले उक्त निर्णय गरेको नगरप्रमुख विदुरकुमार लिङथेपले जानकारी दिए।

गत बिहीबार मादी नगरपालिका–६, सातघुम्तीमा बस दुर्घटना भएको थियो। दुर्घटनाका मृतकको मृतक र घाइतेको सम्झनामा भूमेश्वर महादेवको स्मारक समेत बनाउने निर्णय पनि भएको लिङथेपले बताए। स्मारकमा घाइते र मृतकको नाम लेखिने बताइएको छ।

मादीको ओखरबोटे बजारबाट झापाको दमकतर्फ जाँदै गरेको ४ ख ७३५ नम्बरको बस दुर्घटना हुँदा १४ जनाको घटनास्थलमै र एक जनाको उपचारको क्रममा सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको थियो।

विज्ञापन

घाइतेमध्ये डम्बरबहादुर कार्की, करिश्मा तामाङ, तुलसा कटवाल, सुवास तामाङको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ। अन्य घाइते सबैको अवस्था खतरामुक्त रहेको नगरप्रमुख लिङथेपले बताए।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार