होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, साउन १८, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • मेयरमाथि जातीय विभेद गरेको कसुरमा एक जनालाई २ महिना कैद
समाचार

मेयरमाथि जातीय विभेद गरेको कसुरमा एक जनालाई २ महिना कैद

  • नागरिक रैबार
मेयरमाथि जातीय विभेद गरेको कसुरमा एक जनालाई २ महिना कैद

धनगढी : सामाजिक सञ्जालमार्फत जातीय विभेद हुने गरी अभिव्यक्ति दिएको आरोप लागेका धनगढीका पुरुषलाई दुई महिना कैद सजाय सुनाइएको छ। उच्च अदालत दीपायलले धनगढीको बोराडाडीका ओमप्रकाश पाण्डेलाई दुई महिना कैद सजाय सुनाएको हो।

धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडलाई लक्षित गर्दै २०७७ साल वैशाख २७ गते सामाजिक सञ्जाल फेसबुकमा ‘जात करे उत्पात भनेको यही हो’ भनेर कमेन्ट जनाएर जातीय रुपमा विभेद गरेको भन्दै पतिराम सोवसहित चार जनाले जिल्ला प्रहरी कार्यालय कैलालीमा पाण्डेविरुद्ध जाहेरी दिएका थिए।

सो मुद्धामा कैलाली जिल्ला अदालतले २०७७ मंसिर ३० गते प्रतिवादी पाण्डेलाई पाँच सय रुपैयाँ जरिमाना मात्र गरेको थियो। उच्च अदालत दीपायलले जिल्ला अदालतको फैसला उल्टाउँदै प्रतिवादीलाई दुई महिना कैद र २० हजार रुपैयाँ जरमानाको सजाय सुनाएको हो।

विज्ञापन

उच्च अदालत दिपायलका कामु मुख्य न्यायाधीश टेकनारायण कुँवर र न्यायाधीश सागर विष्टको संयुक्त इजलासले न्यूनतम सजाय गर्दा समेत न्यायको मकसद पूरा हुने हुँदा उक्त सजाय गरेको उच्च अदालतले जनाएको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
देश/प्रदेश
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • २ हप्ता अगाडि