होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, मंसिर ८, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • ४ हजार २८५ उम्मेदवारको धरौटी जफत
समाचार

४ हजार २८५ उम्मेदवारको धरौटी जफत

  • नागरिक रैबार
४ हजार २८५ उम्मेदवारको धरौटी जफत

काठमाडौंः मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा ४ हजारभन्दा बढी उम्मेदवारको धरौटी जफत भएको छ। सदर मतको १० प्रतिशत मत नल्याउने उम्मेदवारको धरौटी जफत हुने व्यवस्था छ। जसअनुसार प्रतिनिधिसभातर्फ १ हजार ७७२ पुरुष र १ सय ८९ महिला गरी १ हजार ९ सय ६१ जनाको धरौटी जफत भएको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले बताए।

आयोगमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले प्रदेशसभातर्फ २ हजार ३ सय २४ जनाको धरौटी जफत भएको जानकारी दिए। जसमा पुरुष २ हजार ८६, महिला २ सय ३७ र अन्य उम्मेदवार एक जना छन्।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै