होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, मंसिर ८, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बाजुरामा यसरी मनाईयो ५८ औं राष्ट्रिय बालदिवस ! (तस्वीरसहित)
समाचार

बाजुरामा यसरी मनाईयो ५८ औं राष्ट्रिय बालदिवस ! (तस्वीरसहित)

  • नागरिक रैबार
बाजुरामा यसरी मनाईयो ५८ औं राष्ट्रिय बालदिवस ! (तस्वीरसहित)

नागरिक रैबार/बाजुरा २९ भदौ। बाजुरामा ५८ औं राष्ट्रिय बालदिवस भव्य कार्यक्रम गरेर मनाएको छ । ‘बालमैत्री समाजको आधार, जिम्मेवार परिवार, उत्तरदायी सरकार” भन्ने मुल नाराका साथ बाजुराका ९ वटै स्थानीय तहका विद्यालयहरुले विभिन्न कार्यक्रम गरेर सो दिवस भव्यताका साथ मनाएका हुन् ।

May be an image of 5 people, people standing and outdoors

दिवसकै अवसर पारेर बाजुराको बडीमालिका नगरपालिकामा रहेको मालिका माविले विद्यालयमा अध्ययनरत विद्यार्थीहरु विच हाँजिरिजवाफ, हिसाव दौड, बेलुन फटाउने खेल, विद्यार्थीका साँस्कृतिक कार्यक्रमहरु र एनसिसीका विद्यार्थीहरुबाट पीटि प्रर्दशन लगायतका कार्यक्रमहरु गरेर दिवस मनाएको थियो ।
No description available.
दिवसको अवसरमा विद्यालयमा गरिएका कार्यक्रमहरुबाट प्रथम, द्धित्तिय र तृत्तिय स्थान ल्याउने विद्यार्थीहरुलाई मेडल र प्रमाण पत्र समेत प्रदान गरेको थियो ।
मालिका माविको प्राङ्गणमा आयोजना गरिएको उक्त दिवस विव्यस अध्यक्ष दिर्घराज पाध्यायको अध्यक्षतामा संचालन गरिएको थियो ।

विज्ञापन

May be an image of one or more people, people standing and outdoors

बाल दिवस समारोहको प्रमुख अतिथि बडीमालिका नगरपालिकाका कार्यवाहक नगर प्रमुख धर्मराज पाध्याय रहेका थिए भने विशिष्ट अतिथि बडीमालिका ८ का वडा अध्यक्ष चन्द्रबहादुर थापा रहेका थिए । त्यस्तै अतिथिमा बडीमालिकाका प्रमुख प्रशासकीय अधिकृत रंगमल विक र शिक्षा विकास तथा समन्वय इकाई बाजुराका प्रमुख हर्कबहादुर सिंह रहेका थिए ।

No description available.

दिवसको अवसरमा बोल्ने अधिकाँस बक्ताहरुले नेपालले राष्ट्रिय तथा अन्र्तराष्ट्रिय बाल महासन्धीमा विभिन्न प्रतिवद्धता जनाएपनि बालबालिकाले पाउनु पर्ने विभिन्न अधिकारहरु अझै पनि सुनिश्चित हुन नसकेको र बालबालिका तथा किशोर किशारीहरुलाई आफ्नो अधिकारको प्रत्याभूत गराउन र उनीहरुलाई चेतनशिल बनाउन राज्य मात्र नभई घरपरिवार, विद्यालय, समाज लगायत सबैको उत्तिकै महत्वूणर् भूमिका रहेको बताएका छन् ।

No description available.

मालिका माविका प्राचार्य शुभराज पाध्यायले कार्यक्रमको स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको संचालन विद्यालयका शिक्षक उत्तमराज जोशीले गरेका थिए । कार्यक्रमका विद्यालयका शिक्षक/शिक्षिका छात्र/छात्रा लगायतको सहभागिता रहेको थियो ।

No description available.

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै