होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • देश/प्रदेश
  • १४ गते रातिको सीसीटीभी फुटेज झिकाउन एमालेको माग
देश/प्रदेश

१४ गते रातिको सीसीटीभी फुटेज झिकाउन एमालेको माग

  • नागरिक रैबार
[sharethis-inline-buttons]
१४ गते रातिको सीसीटीभी फुटेज झिकाउन एमालेको माग

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद्‍मा १४ गते रातिको सीसीटीभी फुटेज झिकाउन सभामुखलाई आग्रह गरेको छ। करका दर परिवर्तन गर्ने जस्तो महत्त्वपूर्ण निर्णयमा अर्थमन्त्रीले गैर–व्यक्तिलाई लगाएर राष्ट्रमाथि नै गद्दारी गरेको भन्दै सो रातको वास्तविकता दिने सीसीटीभी फुटेज झिकाउन प्रमुख प्रतिपक्षी दलका प्रमुख सचेतक विशाल भट्टराईले सभामुखसँग आग्रह गरेका हुन् ।

यसअघि, अर्थमन्त्री जनार्दन शर्माले आफूमाथि लागेको आरोप प्रतिनिधिसभामा रोष्टमबाट पुनः खण्डन गरेका थिए । बजेट तयारीको सन्दर्भमा मध्यरात गैर–व्यक्ति बोलाएर बजेट तलमाथि गरिएको भन्ने आरोप निराधार र कपोलकल्पित बाहेक केही नभएको उनको दाबी छ ।

बजेट तयारीको नियम तथा परम्परा अनुसार नै अर्थ मन्त्रालयले सचिव र तोकिएको व्यक्तिहरूबाटै तयार भएको तर कोही पनि गैर–व्यक्तिबाट तयार नगरिएको उनले बताए ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै