होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, साउन १७, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बुढीगंगाका निर्वाचन अधिकृत सापकोटाले दिए राजिनामा
समाचार

बुढीगंगाका निर्वाचन अधिकृत सापकोटाले दिए राजिनामा

  • नागरिक रैबार
बुढीगंगाका निर्वाचन अधिकृत सापकोटाले दिए राजिनामा

नागरिक रैबार बाजुरा बैशाख ३० बाजुरा। जिल्लाको बुढीगंगा नगरपालिकाका निर्वाचन अधिकृतले राजीनामा दिएका छन् । बुढीगंगा नगरपालिकामा निर्वाचन अधिकृतका रुपमा खटिएका निर्वाचन अधिकृत कृष्ण साप्कोटाले निर्वाचनमा तोकिएको जिम्मेवारीबाट राजिनामा दिएका हुन् ।

बुढीगंगा नगरपालिकामा आफु असुरक्षित रहेको भन्दै मतदानको दिन अधिकांश मतदान केन्द्रमा तनाव तथा स्वतन्त्र र निष्पक्ष मतदान प्रभावित भएको भन्दै राजिनामा दिएको बुझिएको छ । राजिनामा स्वीकृत भए नभएको जानकारी हुन सकेको छैन । आफु असुरक्षित हुनुका साथै हुलहुज्जत हुनसक्ने भन्दै उनले राजिनामा दिएको मुख्य निर्वाचन अधिकृत माधवप्रसाद घिमिरेले बताएका छन ।

पालिकाका विभिन्न केन्द्रमा स्वतन्त्र तथा निष्पक्ष मतदान हुन नसकेको भन्दै शुक्रवार कांग्रेस कार्यकर्ताले निर्वाचन अधिकृत साप्कोटालाई नियन्त्रणमा राखेका थिए । मतदान कै दिनदेखि आफु असुरक्षित रहेको भन्दै शनिबार दिउसो कार्यालय छाडेर सदरमुकाम मार्तडी आउँदै गर्दा उनलाई एमाले कार्यकर्ताले बार्जुगाढबाट नियन्त्रणमा लिएर पालिकास्थित निर्वाचन कार्यालयमा फर्काएका छन् र मतपेटिका बुझ्न लगाएका छन । यतिबेला उनको थप सुरक्षा ब्यवस्था मिलाइएको मुख्य निर्वाचन अधिकृत घिमिरेले बताएका छन ।

विज्ञापन

बुढीगंगा नगरपालिका अन्तर्गतका विभिन्न मतदान केन्द्रमा शुक्रबार मतदानका क्रममा झडप, उम्मेदवार घाइते, बुथ कब्जा, उम्मेदवार मतदान केन्द्रबाट लखेटिएका, सुरक्षाकर्मीले मतेपटिका छाडेर मतदान केन्द्रबाट भागेका लगायतका घटना भएका थिए ।

उपसचिव सापकोटा मतदानकै दिनदेखि दोहोरो दवावमा रहेका र शनिबार दिउँसोसम्म दश वटा वडा रहेको बुढीगंगाका कुनै पनि मतदान केन्द्रको मतपेटिका निर्वाचन कार्यालयले बुझ्न नमानेको थिएन । एमालेले मत पेटिका बुझेर मतगणना गर्न दवाप दिइरहेको छ भने कांग्रेसले केही मतदान केन्द्रमा एकलौटी भएको आरोप लगाउँदै फेरी मतदानको माग गरिरहेको देखिन्छ । बुढीगंगाका २,३,५ र ९ मा एमालेले बुथ कब्जा गरेको कांग्रेसको आरोप छ भने ४ र ७ नम्बरमा कांग्रेसले बुथ कब्जा गरेको एमालेको दावी छ ।

बुढीगंगाका ६ वटा मतदान केन्द्रमा वडाध्यक्षका उम्मेदवारहरु मतदान केन्द्रबाटै लखेटिएका र मतदान गर्न नपाएका सर्वसाधारणले बताएका छन् । जिल्ला निर्वाचन ब्यवस्थापन समितिले सर्वदलीय बैठक बसिरहेको भएपनि सहमति हुन सकिरहेको छैन । बुढीगंगाका अधिकांश मतदानकेन्द्रहरु शुक्रबार तनावग्रस्त भएका थिए । त्यसक्रममा एमाले र कांग्रेसको आ(आफ्नो वर्चस्व रहेको केन्द्रमा एकलौटी मतदान गरेका स्थानीयको भनाई छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाचार
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • २ हप्ता अगाडि