होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
मदन विक/बाजुरा १८ असोज । बाजुराका एक युवकको भारतमा मृत्यु भएको छ । मृत्यु हुनेमा बडीमालिका नगरपालिका ४ रिला घर भएका अन्दाजी वर्ष २८ का नरेन्द्र नाथ रहेका छन् । भारतको नयाँ दिल्लीबाट नेपाल आउने क्रममा पिलिभित बिसलपुर सडकस्थित नाथ चढेको ट्याक्सीको टायर बदल्ने क्रममा बिपरित दिसाबाट आएको ट्रकले नाथसहितलाई ठक्कर दिदा उनको घटना स्थलमै […]
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकासमन्त्री कुलमान घिसिङले देशका विभिन्न भागमा आइतबार मध्यान्हसम्म भारीदेखि अति भारी वर्षाको सम्भावना रहेकाले सबैलाई सतर्क रहन आग्रह गरेका छन्। जल तथा मौसम विज्ञान विभागका अनुसार शनिबार राति ७/८ बजेबाट आइतबार मध्यान्ह १२/१ बजेसम्म काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा भारी वर्षा हुने पूर्वानुमान गरिएको छ। […]
काठमाडौँ । अविरल वर्षासँगैको प्रतिकुल परिस्थितिलाई मध्यनजर गर्दै सरकारले थप दुई दिन बिदा दिएको छ । सरकारले आइतबार र सोमबार बिदा दिएको हो । सरकारी कार्यालयहरू भोलिदेखि खुल्ने तय भएपनि अविरल वर्षाका कारण सडक अवरुद्ध भएसँगै सरकारले थप दुई दिने बिदा दिने निर्णय गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए ।
पाँचथरको कुम्मायक गाउँपालिका वडानम्बर २ र ३ को सिमानामा पर्ने कात्तिके डाँडामा भएको सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । ६ जना घाइते भएका छन् । ताप्लेजुङबाट इटहरी जाँदै गरेको बोलेरो गाडी आज बिहान तमोर करिडोरमा दुर्घटना भएको थियो । दुर्घटनामा मृत्यु र घाइते भएकाहरुको सनाखत हुन सकेको छैन ।
बंगालको खाडीमा विकसित प्रणालीको असरले नेपालमा पनि परिरहेको छ । कुनै कुनै ठाउँमा भारीदेखि अति भारी वर्षाको समेत सम्भावना रहेकाले असोज २० गतेसम्म उच्च सतर्कता अपनाउन मौसमविदले सुझाव दिएका छन् । जल तथा मौसम विज्ञान विभागका अनुसार अविरल वर्षाका कारण ४० जिल्लामा बाढीको उच्च जोखिम छ । उच्च जोखिममा काठमाडौं उपत्यका समेत परेको छ । […]
जल तथा मौसम विज्ञान विभागले असोज २० गतेसम्म मुलुकका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाउँदैै सचेत रहन सबैमा आग्रह गरेको छ । वर्षासँगै पहिरोको पनि जोखिम भएकाले विभागले राति यात्रा नगर्न आग्रह गरेको हो । सडक विभागले पनि राति यात्रा नगर्न सुझाउँदै मातहतका सम्पूर्ण कार्यालयका कर्मचारीलाई विपद्प्रतिधार्यकार्यका निम्ति तयार रहन आह्वान गरेको छ । […]
फेसबुक प्रतिक्रियाहरु