होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, बैशाख २४, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बुढीगंगामा मतगणना नै अन्योल
समाचार

बुढीगंगामा मतगणना नै अन्योल

निर्वाचन अधिकृतको कार्यालयले मतपेटिका अझै बुझेन

  • नागरिक रैबार
बुढीगंगामा मतगणना नै अन्योल

नागरिक रैबार/बाजुरा ३१ बैशाख ।  मतदानका क्रममा झडप, उम्मेदवार घाइते, बुथ कब्जा, सुरक्षाकर्मीले मतेपटिका छाडेर मतदान केन्द्रबाट हिँडेको लगायतका घटना भएको बाजुराको बुढीगंगा नगरपालिकाका धेरैजसो वडाहरुमा शनिबार बिहानसम्म मतगणना नै अन्योलमा परेको छ । पालिकास्थित निर्वाचन अधिकृतको कार्यालयले मतपेटिकाहरु बुझेको छैन ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुरा, सुरक्षा संयन्त्रको स्रोत अनुसार बुढीगंगाका अधिकांश मतदान केन्द्र र बुढीनन्दा ८ को मतदान केन्द्र स्वतन्त्र तथा निष्पक्ष मतदान हुन नसकेकाले बुढीगंगा नगरपालिकाका सबै मतदान केन्द्रमा पुन: निर्वाचन गर्न निर्वाचन आयोगमा सिफारिस गरिएको छ । तर शनिबार बिहानसम्म त्यस सम्बन्धमा कुनै निर्णय आएको छैन । मतगणनाबारे पनि अन्यौल छ । नगरपालिकास्थित निर्वाचन अधिकृतको कार्यालयले कुनैपनि बुथको मतपेटिका शनिबार बिहानसम्म नबुझेको अहिले बुढीगंगा निर्वाचन कार्यालयमा रहेका निजामति कर्मचारी संगठनका अध्यक्ष पूर्णचन्द्र जैशीले बताए । अधिकृत कृष्णप्रसाद सापकोटा आफू असुरक्षित भएकाले बस्न नसक्ने बताइरहेको कार्यालय नजिकै रहेका स्थानीयले बताएका छन् । सापकोटा भने सम्पर्कमा आउन चाहेनन् ।

बुढीगंगाका २, ३, ४, ५, ७ र ९ नम्बर वडाका मतदान केन्द्रको मतदानका बारेमा विवाद छ । वडा नम्बर २,३, ५ र ९ का मतदान केन्द्रहरु एमाले कार्यकर्ताहरुले नियन्त्रणमा लिएर मतदान गरेका थिए भने ४ र ७ नम्बर वडाका मतदान केन्द्रहरु नेपाली कांग्रेस कार्यकर्ताहरुले नियन्त्रण गरेर मतदान गरेको स्थानीय मतदाताहरुले बताएका छन् । यी वडाका मतदान केन्द्रहरुमा अधिकांश मतदाता आफैंले मतदान गर्न नपाएको बताएका छन् । यी मतदान केन्द्रहरुमा दिनभर मतदाताहरुको भागाभाग, चिच्चाहट र कोलाहल थियो ।

विज्ञापन

यस्तै बुढीनन्दा नगरपालिका ८ को मतदान केन्द्रमा बिहानैदेखि मतदान स्थागित भएको थियो । शान्ति सुरक्षाको अवस्थालाई मध्यनजर गर्दै यी वडाहरुमा जिल्ला प्रशासन कार्यालयले शुक्रबार रातिदेखि सनिवार विहानसम्म कर्फ्यु आदेश जारी गरेको थियो । अर्कोतिर सदरमुकाम र्मातडीमा शुक्रबार रातिदेखि नै तनाव छ । एमाले र कांग्रेस कार्यकर्ताबीच दोहोरो झडप र ढुंगामुढा प्रहारका घटनाहरु भएका छन् ।

बाजुरामा अहिलेसम्म कुनै पनि पालिकाको मतगणाना सुरु नभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै